बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सरसँग जुधिरहेकी सोनाली बेन्द्रलेले न्यूयोर्कबाट पोष्ट गरिन् आफ्नो नयाँ लूकका तस्बिर: लेखिन् यस्तो मेसेज

बुधबार, २७ असार २०७५, १० : ३७
बुधबार, २७ असार २०७५

गत हप्ता जब सोनाली बेन्द्रले आफूलाई ‘हाइग्रेड’ क्यान्सर भएको जानकारी सोसल मिडियामार्फत दिइन् तब जो कोही उनको शीघ्र स्थास्थ्य लाभको कामना गरिरहेका छन् । यी सबैबीच सोनालीले आफ्नो केही फोटो र भिडियो सेयर गरेकी छिन् जसमा उनी न्यूयोर्कको एक सैलुनमा कपाल काटिरहेको देख्न सकिन्छ । फोटोमा उनीसँगै श्रीमान् गोल्डी बहल पनि छन् ।

फोटोमा लेखिन् विशेष क्याप्सनः

४३ वर्षीया नायिका सोनालीले फोटोसँगै विशेष क्याप्सन पनि लेखेकी छिन् । उनी लेख्छिन्, ‘मलाई मनपर्ने लेखक इसाबेल एलेन्ड भन्छिन् कि जबसम्म हामी आफूभित्र लुकेको शक्तिलाई बाहिर निकाल्दैनौं तबसम्म हामी कति शक्तिशाली छौं भन्ने कुरा थाहा हुँदैन । कुनै दुर्घटना, युद्ध वा आवश्यकता पर्दा मानिसले निकै अद्भुत काम गर्छ । जिन्दगी जिउँने र त्यसको नविकरण गर्ने मानवीय क्षमता पनि अकल्पनीय छ ।’

उनी थप्छिन्, ‘पछिल्ला केही दिनदेखि पाइरहेको प्रेमले म अभिभूत भएकी छु । विशेषगरी म ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले क्यान्सरसँग सम्बन्धित आफ्नो वा नजिकका आफन्तको कहानी मसँग साझा गर्नुभएको छ । तपाईं सबैको कहानीले मलाई थप शक्ति र साहस दिएको छ र साथै यो महसुस गराएको छ कि म एक्लो छैन ।’

‘हरेक दिन एउटा नयाँ चुनौती र जित लिएर आउँछ । म यसलाई ३इलभम्बथब्तब्त्ष्mभ जसरी  लिन चाहन्छु । आजकाल म एउटा कुरामा मात्र केन्द्रित भइरहेको छु र त्यो हो सकारात्मक सोच । यो नै मेरो रोगसँग लड्ने तरिका हो । म आशा गर्छु कि सबै कुरा समाप्त भएको छैन भन्ने तपाईंलाई आभाष भयो होला,’ उनले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप