शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

बुधबार, २७ असार २०७५, १३ : ४९
बुधबार, २७ असार २०७५

कञ्चनपुर– बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । 

पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखी कर्तब्य ज्यान अपराध शीर्षकमा अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप