शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक भयो मौद्रिक नीति, मुलुकको अर्थतन्त्र ३० खर्ब नाघ्यो

बुधबार, २७ असार २०७५, १६ : ३०
बुधबार, २७ असार २०७५

काठमाडौं– मुलुकको अर्थतन्त्र ३० खर्ब ७ अर्ब पुगेको छ । बुधबार राजधानीमा मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सो कुराको जानकारी दिएका हुन् ।  मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले बैंकहरुले एउटा संस्थाबाट १५ प्रतिशतसम्म मात्र निक्षेप संकलन गर्न पाउने नयाँ प्रावधान सुरु गरिएको जानकारी दिए । यसअघि बैंकहरुले २० प्रतिशतसम्म निक्षेप संकलन गर्न पाउने नियम थियो ।

त्यस्तै अब सबै बैंकले आगामी आर्थिक वर्षभित्र अनिवार्य रुपमा प्रादेशिक शाखा खोल्नुपर्ने नियम बनेको छ भने वाणिज्य बैंकहरुलाई एकअर्कामा गाभ्न राष्ट्र बैंकले प्रोत्साहन गर्ने नीति अघि सारेको छ । शेयर कर्जामा भने कडाई गरिने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले शेयर मार्जिन लेन्डिङ कर्जा २५ प्रतिशतमा झारिएको बताएका छन् । यसअघि शेयर मार्जिन लेन्डिङ कर्जा ४० प्रतिशत थियो ।

 

गभर्नर नेपालले यो पटकको मौद्रिक नीति बजेटसँग तादाम्यता हुने गरी निर्माण गरिएको दाबी गरे । उनले पुनरकर्जा कोषको सीमा ३५ अर्ब पुर्याएको दाबी गर्दै ओभरड्राफ्टमा ७५ लाखबाट ५० लाखमा झारिएको दाबी गरे । यसअघि पुनरकर्जा कोषको सीमा २० अर्ब थियो ।  त्यस्तै, यो आर्थिक वर्षबाट उपभोक्ता मुद्रा स्फ्रिति ६.५ प्रतिशतमा राखिने जनाइएको छ । 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप