शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भुुक्तानीको माग गर्दै जिल्ला प्राविधिक कार्यालय गौरमा तालाबन्दी

बुधबार, २७ असार २०७५, १९ : ०३
बुधबार, २७ असार २०७५

सञ्जय मिश्र

रौतहट–विकास निर्माणको काम सकिएको महिनौ बितिसक्दा पनि भुक्तानी नपाएका उपभोक्ताहरुले जिल्ला प्राविधिक कार्यालयमा तालावन्दी गरेका छन् । जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत विभिन्न शीर्षकमा विकास निर्माणका काम सकिएको महिनौ वितिसक्दा पनि बेवास्ता भएपछि त्यसका लागि दबाब दिन बनेको उपभोक्ता संघर्ष समितिले जिल्ला प्राविधिक कार्यालयमा तालाबन्दी गरेको हो ।

रौतहट संसदीय क्षेत्र नम्वर ३ अन्तर्गत विभिन्न नगरपालिकामा संसदीय विकास कोष र संसदीय विकास पूर्वाधार अन्तर्गत झण्डै पौने दुई करोडको विकास निर्माण कार्य सम्पन्न भइसकेको छ । तर त्यहाँका उपभोक्ता समितिले हालसम्म भुक्तानी पाउन सकेको छैन । 

क्षेत्र नम्वर ३ बाट संघिय प्रतिनिधिसभामा निर्वाचित प्रभु साहको निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न विद्यालयका छात्राहरुलाई २९ लाखको साइकल, गुजरा नपामा ६० लाख, फतुवा विजयपुुर नपामा ५० लाख, देवाही गोनाही र कटहरियामा ४० लाख गरी एक करोड ७९ लाख मूल्य बराबरको सडक ढलान, कल्भर्ट निर्माण, बाटो मर्मत गरी ग्राभेल लगायतका काम सम्झौता अनुसार २०७४ चैत मसान्तमा सम्पन्न भएपनि हाल सम्म भुक्तानी नदिँदा बाध्य भएर जिल्ला प्राविधिक कार्यालय गौरमा तालाबन्दी गरेको उपभोक्ता संघर्ष समितिका संयोजक त्रिभूवन साहले बताए ।
    
संसदीय विकास कोष र संसदीय विकास पूर्वाधार कार्यक्रम अन्तर्गत २०७४ कातिक १२ गते तीनवटा योजना र २०७४ पुस १७ गते एउटा गरी चारवटा योजनाहरुको सम्झौता भएर २०७४ चैत मसान्तमा सबै कार्यहरु सम्पन्न भएको तथा उक्त कार्यहरुको अन्तिम भुक्तानीको लागि विल भर्पाइ बनेर सम्बन्धित निकायमा गइसकेता पनि हाल सम्म भुक्तानी नपाउँदा बाध्य भएर प्राविधिक कार्यालयमा ताला लगाइएको साहले गुनासो गरे ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप