सितगंगाको प्राथमिकता : घर–घरमा खानेपानी
अर्घाखाँची–जिल्लाको सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगा नगरपालिकामा सवै वडामा खाने पानीको पहुँच पु¥याउने बताएका छन ।
‘नेपालको सवैभन्दा धेरै भौगोलिक क्षेत्र ओगटेको सितगंगा नगरपालिकाका वडाहरुमा अहिलेसम्म खानेपानी, मोटरबाटो, विजुली बत्ती बोलेको छैन । अहिले ठुला योजना भन्दा पनि जनताका आधारभूत कुरा पुरा गर्ने र गफ भन्दा पनि काम गर्ने समय हो । ’ उनले भने ।
बस्तीमा पुगेर योजना छनौट गर्ने र योजना बनाई कार्यन्वयन गर्ने अधिकारीले बताए ।
शिक्षा, स्वास्थ्यले पछाडि परेको सितगंगामा सरकारी विद्यालयमा अंग्रेजीबाट अध्यापन गराउन पहल गर्ने बताए । विकट बस्ती भई जाडरक्सीको सेवन बढी रहेकोले नगरमा यसलाई हटाउन सवै जनप्रतिनिधीलाई लाग्न आग्रह गरे । समाज परिवर्तन गर्नका लागी सुरुवात आफैबाट नगरेमा विकास थोरै परिवर्तन भएपनि धेरै विकास नहुने बताए ।
उपप्रमुख टिका रेश्मीले आफनै देशमा बसेर कृषी र पशुपालनलाई जोड दिईने बताए । परम्परागत शैलीबाट भन्दा पनी आधुनिक शैलीबाट अहिले व्यवसाय गर्ने योजना बनाउने बताए ।
रेश्मीले भौतिक पुर्वाधारको विकास गर्न सजिलो भएतापनी जनतालाई सचेतना बनाउन चुनौती रहेको बताए ।
कार्यकारी अधिकृत सुन्दर श्रेष्ठले ७ वडा सचिवले १४ वडा हेर्नुपरेकोले सचिवहरुलाई गाहे भएको बताए । सितगंगा नगरपालिकामा चालु अर्थिक वर्षका लागी छुटिएको ५१ करोड रुपैयाँ कार्यपालिका समितीले गहन छलफल गरी उचित ठाउँमा लगाउने बताए ।
सितगंगा वडा नम्बर ९ अध्यक्ष भिमबहादुर केसीले भने ‘सितगंगा ९ र १० मा घण्टा हिडेर जन्मदर्ता बनाउन आउनुपर्ने समस्या अहिले पनी छ । दुई वटा कार्यालय नबनाई सेवा सुविधा दिन गाहे भएकोले एउटा प्रमुख र एउटा उपप्रमुख कार्यालय बनाई सेवा दिईने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने