शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सारमा विचौलियाको चलखेल : नक्कली भ्याटबिलमार्फत राजस्व ढगी

बिहीबार, २८ असार २०७५, ११ : १०
बिहीबार, २८ असार २०७५

तेजेन्द्र केसी
बुटवल । प्रधानमन्त्री केपी ओलीले राजस्व अनुसन्धानलाई आफ्नो मतहतमा राखेर राजस्व छलीलाई रोक्न उद्देश्यसाथ काम गर्ने राणनीति बनाए पनि रूपन्देहीको भन्सारमा बिचौलियाहरूको चलखेल देखिएको छ ।

बिचौलियाहरू विभिन्न जुक्ति लगाउँदै करोडौँ रूपियाँको भन्सार ढगी  गरेको तथ्य फेला परेको छ । पटक पटक  विभिन्न जुक्ति लगाउँदै करोडाँै राजस्व ढगी गर्ने सिपालु मानिने सिनपा १ बेलहिया निवासी नवराज उपाध्याय फेरि पक्राउ परेका छन् । नक्कली बिल बनाई सामान पास गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

 उनले  अहिले शिव इन्टरप्राइजेजको भ्याट बिलको सिरियल नम्बर एउटै नम्बर धेरै बनाई राजस्व ठगी गरेको खुलेको छ ।

एउटै सिरियल नम्बर भएको बिल धेरै पटक काटी १५ करोडभन्दा बढीको अवैध कारोबार गरेको राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा उपाध्य शिव इन्टरप्राइजेजका सञ्चालक कमला रसाइली, अजिमा मन्डलाका सञ्चालक शशांक खनालसमेत रहेका छन् । उनीहरू विचौलीय चेलखेल गर्ने शक्तिशाली गिरोहमध्येका रहेको भन्सार कार्यालय उच्च अधिकृतहरूको भनाइ छ ।

कार्यालय प्रमुख नरेन्द्रराज पाण्डेकाअनुसार राजस्व छलीको अभियोगमा उपाध्ययसहित ३ जनालाई पक्राउ गरिएको छ । उनीहरू  सबै जना अहिले थुनामा रहेका छन् ।

उपाध्यायले यसअघि भन्सार प्रज्ञापनपत्रमा आलु प्याज घोषणा गरेर नेपालमा प्रतिबन्धित कुखुराको मासु भित्र्याई भन्सार पास गरेका थिए ।

भन्सारका कर्मचारीलाई समेत झुक्याई समान पास गर्न माहिर भन्सार एजेन्ट उपाध्यय र उनका सहयोगी सिनपा ३ का मोहिन लारीलाई भन्सारले लाइसेन्स निलम्बन र दुवै जनालाई जनही ५२ लाख ५८ हजार २ सय ५० रुपियाँ जरिवाना, गाडीको ५ लाख धरौटी र १ वर्ष कैद तोकिएको थियो ।
 
भन्सार कार्यालयमा अन्य बिचौलियहरू चलखेल छ । केही  घटनाहरू बाहिर आउँछ धेरै आउँदैन ।

 कर्मचारीको  मिलेमोतो र केही भन्सार एजेन्टहरूको सहयोग उपाध्यक्ष जस्ता बिचौलीयाहरूले पटक पटक  राजस्व ढगी गर्ने गरेको नेपाल भन्सार ऐजन्ट महासङ्घ केन्द्रीय अध्यक्ष डा. शान्त शर्माले बताए । 
उनले भने ‘कर्मचारी र हाम्रा केही लोभीपापी  भन्सार एजेन्ट कारण यस्ता काम हुन्छन् । यो नेपालमा अन्य भन्सार पनि करिब यस्तै यस्तै छ सुधार गर्नका लागि हामी सबै लाग्नुपर्छ ।

पटक पटक विभिन्न नक्कली भ्याट बिल बनाउँदै करोडौँ रुपियाँ राजस्व ढगी गरेका उपाध्यायलाई राजस्व कार्यालय बुटवलले घरबाट प्रकाउ गरेको हो । उनलाई प्रकाउ गर्न प्रहरीसमेत परिचालित गरिएको थियो । उनले भ्याट बिलको काम धेरै गर्ने भएकाले भन्सार ऐजेन्ड लाइसेन्सविना नै काम गर्ने गरेका थिए । उपाध्यायको आफ्नो नाममा भन्सार एजेन्टको लाइसेन्स छैन । तथापि उनले विरगन्जका काशीराज दाहलको प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए । जेठ यता उनी कसैको प्रतिनिधि पनि थिएनन् । उनी मूलतः भन्सार एजेन्ट नभई बिचौलिया भएको भन्सार एजेन्ट सङ्घका रूपन्देहीका अध्यक्ष असीम न्यौपानेले जनाए ।  
 
बदमास बिचौलियाहरूलाई राजनीतिक आड

भैरहवा भन्सार कार्यालयका एक अधिकृतका अनुसार बिचौलियहरूको बदमासी देश अन्य भन्सार पनि विभिन्न आइडिया लगाएर गर्ने गर्छन् । उनीहरूको जब प्रकाउ पर्छन् ।
घटना सार्वजनिक नगर्न, कम सजाय गर्न विभिन्न दबाबहरू आउने गर्दछ । प्रायः यस्तो दबाब भन्सार एजेन्ट सङ्घबाट हुने गर्दछ । बिचौलियाहरूले राजनीतिक दलहरूबाट पनि व्यापक दबाब भन्सार कार्यालय पुर्याउने गर्छन् ।

बिचौलियाहरूले  प्रायः सत्तामा भएका दलहरूलाई प्रयोग गर्ने गरेका  ती अधिकृत गरे ।

यो हप्ता प्रकाउ परेको तीन जनाका विषयमा पनि सकेसम्म गुपचुप राख्ने प्रयास भएको देखिन्छ । राजस्वले नियन्त्रणमा लिए पनि भन्सार प्रमुख भुपालराज शाक्यले रातोपाटीसँग आफूलाई जानकारी नभएको उक्त विषयमा सूचना अधिकारीसँग सम्पर्क गर्न भन्दै  आफू उम्कने प्रयास गरे । यता सूचना अधिकारीले कलिराज पौड्याल उपाध्यायको पुरानो चितवन कान्ड आफूलाई याद  भएको तर अहिले प्रकाउ परेको विषय कुनै जानकारी नभएको बताए । 
 
बिचौलियालाई रोक्न के गर्ने  ?
सामान आयतका दृष्टिले मधेस आन्दोलनपश्चात भैरहवा  नेपालकै ठूलो भन्सार नाकाका रूपमा दरिन सकेको देखिन्छ । यो आर्थिक वर्षमा ८१ अर्ब  ४३ करोड रूपियाँ  राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।  सोमबारसम्म  ६८ अर्ब रूपियाँ सङ्कलन  भएको प्रमुख शाक्यले बताए । गत वर्ष भैरहवा भन्सार कार्यालयले ६२ अर्ब रूपियाँ राजस्व सङ्कलन गरेको थियो । नेपालमा सबैभन्दा धेरै राजस्व सङ्कल गर्ने नाका वीरगञ्ज हो भने दोस्रो भैरहवा नाका मानिन्छ । यस्तै तेस्रोमा विराटनगर हो ।

दोस्रो ठूलो नाका भएकाले भन्सारमा दैनिक सयौँ मालबाहक सवारी साधन आउने र सबैको समान खोलेर चेकजाच गर्न गाह्रो हुने हँुदा एजेन्टको विश्वास र नमुनाका आधारमा चेकजाँच गरी पठाउँदा बारम्बार समस्या आइरहेको देखिन्छ  ।
 
तर यहाँबाट छली हुने ट्रक चितवन पुग्ने गरेको घटना छन्  । जसले कर्मचारीको पनि कुनै न कुनै रूपमा हात रहेको देखिन्छ ।  नेपाल भन्सार एजेन्ट महासङ्घ केन्द्रीय अध्यक्ष डा. शान्तकुमार शर्माले भन्सार कार्यालय  भन्सार एजेन्टलाई मात्र प्रवेश गर्न दिनुपर्ने अथवा अन्य जाँदा परिचयपत्र व्यवस्था गर्नका लागि आफूहरूले भन्सार प्रमुखलाई पटक पटक आग्रह  गरे पनि कार्यान्वयन नभएको गुनासो गरे ।
उनले भन्सार एजेन्ट सङ्घ सदस्यहरूलाई मिलेमोतो गरेर राजस्व छली गरेको प्रमाण भेटिए कडा कारवाही गर्न माग गरे ।

अहिले सुनौली नाकामा विभिन्न बहानामा भारतीय प्रहरीले नेपाली मालवाहक सवारीलाई घण्टाँै  रोकेको छन् । भारतीय प्रहरीले लामो समय रोकेर नेपाली चालकलाई दुःख दिने अनि  १ सय ५० रुपियाँ दिएमा छाड्ने गरेका छन् ।  भारतीय प्रहरीले सुरक्षाका कारण देखाउँदै  लामो समय मालवाहक सावरी रोक्दा  भन्सारमा थप भीडभाड भएको छ । जसमा बिचैलियाहरू पनि खेल्ने ठाउँ पाएका हुन्छन् । उनीहरूले नक्कली कागजपत्र र  चेक गर्न आउने कर्मचारीलाई  सानो सानो रकममा उम्काउने गरेको पनि केही घटना रहेको कार्यालयका एक अधिकृत बताए । बिचौलियहरू झन् पछि झन् ठूला आर्थिक तथा कीर्ते गरी भन्सारलाई नै ठग्न र झुक्याउन तम्सिरहेका देखिन्छन् । माफियाहरूको चङ्गुलमा भन्सारका कर्मचारी दबाब र प्रभावमा परेको देखिन्छ । अवैध कारोबारीहरूको बोलवाला बढ्दा इमानदार भन्सार एजेन्टहरू भने मारमा परेका छन्  तर भैरहवा भन्सार कार्यालय प्रवक्ता कलिराज पौडेयले भने आफूहरूसँग भएको सबै शक्ति लगाएर चेकजाँच गरिरहेका दाबी गरे । उनले पारदर्शिता पनि भन्सार सुधारको अर्को उपाय भएकाले आफूहरूले धेरै विषय  पारदर्शी गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप