बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब सडक बन्यो जलमार्ग (फोटोफिचर)

बिहीबार, २८ असार २०७५, १२ : २२
बिहीबार, २८ असार २०७५

काठमाडौँ । बुधबार रातीदेखि परेको वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ । 

सडक समेत डुबानमा परेपछि बिहिबार विहान जिल्लाको यातायात सेवा नै अस्तव्यस्त बन्न पुग्यो । 

सवारी साधनहरुनै डुब्ने गरी सडकमा पानी जम्मा भएपछि एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भएको थियो ।

सडकमा अस्वभाविक रुपमा पानी जमेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरले बनोपा तर्फबाट काठमाडौं आउने एकतर्फी सवारी मात्र चल्न दिएको थियो ।

भक्तपुरको ठिमी–निकोसेरा, जगाती–लिवाली, मनोहरा खोला आसपाको सड्क जलमग्न हुँदा यातायात प्रभावित भएको थियो ।

जसले गर्दा आफ्नो गन्तव्य पुग्न पर्ने यात्रु, विद्यार्थी तथा कर्मचारीहरु अलपत्र परेका थिए ।

अहिले वर्षा रोकिएपछि यातायात दुवै तर्फ सञ्चालनमा आएको छ ।

हेर्नुहोस् केही तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप