शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोशी खोलाको बीचमा फसेका २ जनाको सेनाको हेलिकप्टरबाट उद्धार

बिहीबार, २८ असार २०७५, १३ : ३५
बिहीबार, २८ असार २०७५

बनेपा– खानेपानीको काम गरिरहँदा रोशी खोलको बीचमा फसेका दुईजनाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । जिल्लाको नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका बेला रोशी खोलाको बीचमा फसेका दुई जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवैजना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप