शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा नेपाल–चीन परामर्श बैठकः भयो यस्तो सहमति

बिहीबार, २८ असार २०७५, १५ : १३
बिहीबार, २८ असार २०७५

काठमाडौँ– नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वको यातायात मन्त्रालयका उपसचिव लियु सियाओमिङले गरेका छन् । 

नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरु सम्मिलित रहेका छन् । चिनियाँ प्रतिनिधिमण्डलमा चीनको यातायात मन्त्रालय, वैदेशिक मामिला मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, जलयातायात ब्यूरो, भन्सार प्रशासन र राष्ट्रिय रेलमार्ग प्रशासनका अधिकारीहरु सम्मिलित थिए । 

सकेसम्म चाँडो उक्त प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने विषयमा दुई पक्षबीच मैत्री र सौहार्दपूर्ण वातावारणमा रचनात्मक छलफल भएको र तेस्रो परामर्श बैठक शीघ्र काठमाडौँ गर्ने सहमति बनेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 

बैठकअघि नेपाली प्रतिनिधिमण्डललाई तियानजिन बन्दरगाहको भ्रमण गराइएको थियो त्यहाँका अधिकारीहरुले नेपाली टोलीलाई बन्दरगाह संरचनाबारे जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप