मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल बैंकिङ ग्राहक संख्या ४० लाख पुग्यो, सवा २ करोड निक्षेप खाता

बिहीबार, २८ असार २०७५, १५ : ३१
बिहीबार, २८ असार २०७५

काठमाडौं– मोबाइलमार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय मोबाइल बैंकिङ ग्राहकको संख्या बढ्दै गएको जनाएको छ । यस्तै, इन्टरनेट बैंकिङको ग्राहक संख्या ७ लाख ८४ हजार पुगेको छ भने ५२ लाख ३५ हजारवटा डेविट कार्ड जारी भएको छ । यस्तै, ९७ हजारवटा क्रेडिटकार्ड जारी भएको छ ।

 यो राष्ट्र बैंकले बैशाखा मसान्तसम्म जारी गरेको तथ्यांकमा आधारित हो । एटिएम संख्या भने २ हजार ६ सय २४ वटा छ । 

यता हालसम्म बैंक तथा वित्तिय संस्थामा २ करोड २५ लाखवटा बैक खाता रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा खाता भने १२ लाख ९७ हजार वटा रहेको छ ।  सरकारले हरेक नेपालीको बैंक खाता बनाउने लक्ष्य लिएको छ । यता असार २६ गतेसम्म ५ सय ५६ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ ।

सरकारले चालु आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएको थियो । तर, सरकारको सबै स्थानीय तहमा बैंकको शाखा पुर्याउने लक्ष्य सफल नहुने भएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप