शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटीईभीटीको भर्ना प्रक्रियामा अवरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

बिहीबार, २८ असार २०७५, १६ : ०४
बिहीबार, २८ असार २०७५

काठमाडौँ –भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ । 

अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्कबहादुर बिकले विहीबार एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री केही शैक्षिक माफियाको प्रभाव परेर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शूल्क वृद्धिको षड्यन्त्र गरेको बताएका छन् । 
“भर्नाको मुखमा आएर ‘शूल्क निर्धारण तथा छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा  शूल्क बढाउने चलखेल गरेको छ । सिटिईभिटी अन्तरगतका शैक्षिक संस्था केही संचालक र माफियाको मिलेमतोमा शिक्षामन्त्रीले शूल्क बढाउने गरेको तयारीप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  समाजवाद उन्मुख भनिएको सरकारका शिक्षामन्त्रीले प्राविधिक शिक्षालाई जनताका छोरोछोरीको पहुँचबाट टाढा पुर्याउने गरी शूल्क  वृद्धि गर्न लागेको षड्यन्त्र गरेको भन्दै फिर्ताको लागि माग गरेका छन् । 

प्राविधिक जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका हुँदाहुँदै सिटिईभिटी शैक्षिक दलाल र माफियाको चंगुलबाट बच्न नसकेको बताए । राज्य संचालकका कारण सिटिईभिटी केही व्यक्तिहरुको स्वार्थ पूरा गर्ने माध्यम बनेको बताउँदै संयोजक बिकले दलालीकरण र माफियाका कारण थिलोथिलो भएको बताएका छन् । 
जनताका छोराछोरीलाई प्राविधिक शिक्षाबाट टाढा गराउने षड्यन्त्रका साथ शूल्क वृद्धिको तयारीलाई फिर्ता नलिए संगठनले भर्ना प्रक्रिया र पठनपाठनलाई रोक्ने चेतावनी दिएका छन् । 

त्यसैगरी सिटिईभिटीले मापदण्ड पूरा नभएका केही शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने तयारी गरेको बताउँदै संयोजक बिकले त्यसविरुद्ध पनि संघर्षमा जाने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप