अभिनेता धिरेन पनि म्युजिक भिडियोमा
बिहीबार, २८ असार २०७५, १७ : ५०
काठमाडौं – एक जमानाका लोकप्रिय अभिनेता धिरेन शाक्य पनि म्युजिक भिडियोमा देखिएका छन् । लण्डनमा छायाँकन गरिएको सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।
शाक्यलाई भिडियो अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा अभिनय गरेकी छिन् ।
सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायाँकन र सम्पादन गरेको भिडियोमा लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि क्षेत्र देख्न सकिन्छ । भिडियोको डिजाइनर अन्जली केसी हुन् भने कोरियोग्राफी प्रभु गुरुङले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै