दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौँ– मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ । बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत् २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा कटहरिया पीएचसीमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?