बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन उडे ‘भद्र र रुपसी, आजै ग्वान्जाओ सहर पुग्ने

बिहीबार, २८ असार २०७५, २० : ३२
बिहीबार, २८ असार २०७५

काठमाडौं– नेपाल सरकारको तर्फबाट मित्र राष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई दिएका एक सिंगे गैंडा (भद्र र रुपसी) चीन लगिएका छन् । बिहीबार साँझ चीनबाट आएको कार्गो विमानले भद्र र रुपसीलाई चीन लिएर गएको हो ।

गैंडा लिएर गएको कार्गो विमान बिहिबारनै चीनको ग्वान्जाओ पुग्ने जनाइएको छ । बिहिबारनै प्रधानमन्त्री ओलीले उपहारस्वरुप ती गैंडा नेपालका लागि चिनियाँ राजदूत यू होङलाई हस्तान्तरणका गरेका थिए ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असार २६ को मन्त्रिपरिषद्ले चीनलाई दुई जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप