बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीश विवाद संवैधानिक इजलाशमा

बिहीबार, २८ असार २०७५, २२ : ४३
बिहीबार, २८ असार २०७५

काठमाडौँ -सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । 

न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले आज उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो । 

न्याय परिषद्ले उच्च अदालतका लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

आदेशमा न्याय परिषद् ऐनअनुसार समानुपातिक सिद्धान्तलाई न्यायाधीश नियुक्ति गर्दा नसमेटेकाले संवैधानिक इजलासमा पठाउनेैपर्ने आवश्यकता परेको उल्लेख छ । 

दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुटृाछुटैृ रिट निवेदन दायर गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप