बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले छुट्टयाए आफ्नो निर्वाचन क्षेत्रका लागि २ अर्ब बजेट, रिङरोड र लिङ्करोडको शिलान्यास

शुक्रबार, २९ असार २०७५, १८ : ०७
शुक्रबार, २९ असार २०७५

चितवन–पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेका रिङरोड र लिङ्करोडका लागि विनियोजन भएको २ अर्ब बजेट अघिल्लो सरकारकै पालामा विनियोजन भएको बताएका छन् । आज सो आयोजनाको शिलान्याश गर्दै अध्यक्ष प्रचण्डले सो कुराको दाबी गरेका हुन् ।

शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको उल्लेख गरे । बजेटले चितवनलाई सम्बोधन गर्न नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजनामार्फत सम्बोधन हुँदै जाने समेत उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पूर्वधार विकास हुने उनको भनाई थियो ।

भरतपुर रिङरोड अन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुल्चोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिका भित्र रिङ रोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिनेछ ।  डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमारप्रसाद घिमिरेका अनुसार रिङरोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङरोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भएपनि त्यसबाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो बिस्तार हुनेछ ।

२ बर्षभित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता छ । लिङ्करोड र रिङरोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमानै पूरा हुने घिमिरे बताउँछन् । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उनले बताए ।

सडक निर्माणका लागि दुईवटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुईवटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । 

यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग  ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप