कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
शुक्रबार, २९ असार २०७५, १९ : ०६
काठमाडौँ– नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका थिए ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी