शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत प्राप्त शक्तिलाई अधिनायकवादको आरोप लगाउन मिल्दैनः पौडेल

शुक्रबार, २९ असार २०७५, २० : ०२
शुक्रबार, २९ असार २०७५

बागलुङ– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं २ का संघिय सांसद देवेन्द्र पौडेलले प्रदेश तह र संघिय तहमा जनताको जनमतबाट प्राप्त भएको शक्तिलाई कसैले पनि अधिनायकवादको आरोप नलगाउन अपिल गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी बागलुङले गलकोट हटियामा आयोजना गरेको पार्टी एकता सन्देश कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने– ‘हामी अर्को अध्यायमा प्रवेश गरेका छौं नेपालमा रहेका अरु राजनैतिक आन्दोलन र मुद्वाहरुका निम्ति एक भएर अगाडि बढन चाहन्छौ ।’ 

उनले अधिकार प्राप्तीको आन्दोलनको एउटा अध्याय सकिएको भन्दै सुसासन ,  त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा बागलुङ क्षेत्र नं १ का संघिय सांसद डाक्टर सुर्य पाठकले नेपालमा राजनैतिक क्रान्तिको परिवर्तन पछाडी राजनितिक धुव्रिकरण अनिवार्य  र आवश्यक हो भन्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाको निष्कर्ष रहेको बताए ।

कार्यक्रममा संघिय सांसद मन कुमारी केसी, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, चन्द्र बुढा सागर, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गोविन्द नेपाली, पार्टीमा नव प्रवेशी भिम शेरचन, कौशिला घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप