शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साँघु तर्ने क्रममा खोलामा खसेर १२ वर्षीया बालिकाको मृत्यु

शुक्रबार, २९ असार २०७५, २० : १०
शुक्रबार, २९ असार २०७५

बझाङ– जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको साँघु तर्ने क्रममा बाउली गाड खोलामा खसेर आज एकको मृत्यु भएको छ । घटनामा एकजना बेपत्ता भएका छन्  ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षीया बालिका रिनु बोहरा रहेकी छन भने सोही वडा बस्ने १६ बर्षीया बिमला बोहरा खोलामा खसेर बेपत्ता भएको प्रहरी नायव निरिक्षक राम सिंह बोहराले बताए । खोलामा खसेर बेपत्ता भएकी बिमलाको पनि खोजी कार्य भइरहेको उनको भनाइ छ । 

बर्खा याममा जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने पावरहाउस नजिकै हालेको काठेपुलबाट खसेर बर्षेनी यात्रुहरुको मृत्यु हुने गरेको स्थानीयवासीले बताउने गरेका छन् । बर्षेनी साँघुबाट खसेर यात्रुहरुको मृत्यु हुने भएकाले सो ठाउँमा झोलुङ्घे पुल निर्माण गर्नुपर्ने अवस्था देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप