बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निशुको जन्ती जाने रहर ! (भिडियो)

शनिबार, ३० असार २०७५, ०८ : ३२
शनिबार, ३० असार २०७५

काठमाडौं - गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । 

‘दाइको विहेमा जन्ती जाने हो’ बोलको गीत निशुले सार्वजनिक गरेकी हुन् । 

गीतमा नविनकुमार तिम्सिनाको शब्द, म्यूजिक र एरेन्ज रहेको छ । 

गीतको म्युजिक भिडियोमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाईको अभिनय तथा नृत्य रहेको छ ।

निशुको सानैदेखि गीत संगीतमा रुचि थियो । आफू ७/८ कक्षामा अध्ययन गर्दै गर्दा गीत गाउन थालेको उनले रातोपाटीलाई बताइन् ।  

यसअघि निशुले भजन एल्बम 'मेरो पाइला' सार्वजनिक गरिसकेकी छन् । साथै दशैं तिहार र तीज पर्वलाई लक्षित गरेर निशुले केही गीतहरु गाइसककी छन् । 

सानैदेखि गीत संगीतम रुचि भएकाले आफू यो क्षेत्रदेखि टाढिन नसक्ने उनले बताइन् । नेपली गीत संगीतमै राम्रो पहिचान बनाउने निशुको लक्ष्य छ ।

निशुले रातोपाटीलाई दिएको जानकारीअनुसार उनका केही नयाँ गीतहरु छिट्टै सर्वजनिक हुँदैछ । 

 

निशुको 'जन्ती जाने हो' गीत हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप