शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा पहाड खसेर खोला थुनिदाँ १४ घर जोखिममा

शनिबार, ३० असार २०७५, १० : १९
शनिबार, ३० असार २०७५

रामहरि श्रेष्ठ 
ओखलढुंगा –सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीमा पहिरो जाँदा १४ घर तामाङ बस्ती जोखिममा परेको छ । निरन्तरको बर्षाका कारण गाँउमाथिबाट जोराल डाडाँ पहाड खसेर बैशाखे खोलमा थुप्रिदा उक्त क्षेत्रका १४ घर परिवार जोखिममा परेका हुन् ।
खोलामा पहाड खसेर थुप्रिएपछि खोला थुनिएको र खोलाले स्थानियको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानीय कर्णबहादुर तामाङले बताए । 
पहिरो स्थानीयको घर छेउसम्मै आईपुगेको उनको भनाई छ ।
१४ घर स्थानिय मध्ये केहीको शौचालय तथा कटेरा समेत बगाएको छ । हाल उक्त क्षेत्रमा गाँउमाथिबाट नवलपुरघाट दुधकुण्ड सडकको ट्रयाक खनिदै छ । पहाडको बाटो भएर ट्रयाक खनिएकाले पहिरो गएको स्थानीयको भनाई छ । खोला कटान तथा पहिरोका कारण स्थानीय कर्णबहादुर तामाङ, सुवाससिङ तामाङ ,लाक्पा तामाङ, पुर्ण बहादुर तामाङ, हर्क बहादुर तामाङ र डम्बर बहादुर तामाङको घर जोखिममा परेको छ ।
त्यस्तै सोही स्थानका रत्न बहादुर तामाङ, धनमाया तामाङ, पेमामाया तामाङ ,दमाई तामाङ ,चिनिमाया तामाङ,जोते तामाङ,जानुुमाया तामाङ, पेमामाया तामाङ तथा पदममाया तामाङको घर समेत जोखिममा परेको स्थानियले बताए । माथीबाट नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको हुनसक्ने सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष जनक कार्कीले बताए ।‘उक्त स्थानमा नयाँ सडकको ट्रयाक खनिएको छ उनले भने । अब बर्खाको सिजन छ ससाना पहिरो जनु त सोभाबिकै हो ।’ त्यहाँ पनि माथिबाट ट्रयाक खनिएकाले पहिरो बगेर खोला थुनिदाँ उक्त खोला गाउँ पसेको उनको भनाई छ ।
पहिरो स्थानियको घरको सुर सम्मै आईपुगेको छ । अहिले त्यहाँका स्थानियले आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरिरहेका छन् । ‘पहिरो घरको सुर सम्मै आईपुगेकाले हामी सुरक्षित ठाँउमा जान चाहान्छौ’ स्थानिय रत्न बहादुर तामाङले भने । पहाड खसेर खोला थुनिएकाले खोला आसपासका स्थानमा पहिरो जाने त्रास फैलिएको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले बताए ।‘मध्यराती गाउँमाथीबाट पहिरो जादाँ उनीहरु अत्तालिएका छन् अधिकारीले भने । तर पहिरोले खोला चाँही थुनिएको छ अहिले सम्म कुनै मानविय तथा भवन क्षेती भएको छैन।’
अहिले उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न प्रहरीको टोली जादैछ । तत्काल पहिरो पिडित परिवारलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाले १५ थान त्रिपाल पठाएको छ । उनीहरुलाई सुरक्षित स्थानमा बस्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप