शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकारवादी कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट पक्राउ

शनिबार, ३० असार २०७५, १३ : ३८
शनिबार, ३० असार २०७५

काठमाडौं–  प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 
प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप