शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरका वरिष्ठ अधिकृत  मृत फेला

शनिबार, ३० असार २०७५, १४ : १८
शनिबार, ३० असार २०७५

कास्की–पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत  ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् । 

तीन सातापछि वेपत्ता भएका  पौडेलको शव शनिबार विहान तनहुँको भिमाद स्थित सेती नदी किनारमा शव फेला परेको हो । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए । 

प्रहरीले उनको हत्या हो या आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि प्रहरीले पौडेल पोखरास्थित महेन्द्रपुलबाट हाम फालेको हुन सक्ने आशंका गरेको थियो । उनको शब क्षतविक्षत अवस्थामा भेटिएको पनि जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप