शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नगर कार्यालय सार्ने क्रममा झडप हुँदा इन्सपेक्टर धामी घाइते

शनिबार, ३० असार २०७५, १५ : ३५
शनिबार, ३० असार २०७५

-सम्राट सिंह

बझाङ । शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरीक्षक घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङगल नगरपालिका–४  बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा विवाद भई ढुङगामुढा हुँदा प्रहरी निरीक्षक जनक धामी घाइते भएका हुन् । 

नगरपालिकाको कार्यालय मेयर धनबहादुर बिष्टले हचुवाको भरमा सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीय नेकपाका नेता हरि कुँवरले बताए । 

दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँवरसहित ४ जना पनि घाइते भएको उनले बताए ।  

जिल्लाको बुङगल नगरपालिकाले गरेका निर्णय तथा आर्थिक अनियमितता विरुद्ध स्थानियले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । 

घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटनास्थल पठाएको उनको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप