कसले लैजाला 'गोल्डेन' बल, यी हुन् दाबेदार खेलाडी ?
विश्वकपको फाइनल खेल सुरु हुन बाँकी नै रहेका बेला यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड कसले लैजाला भनेर अनुमान गर्न गाह्रो छ । विश्वकप २०१८ सुरु हुँदा पोर्चुगलका क्रिस्ट्रियानो रोनाल्डो, अर्जेन्टिनाको लियोनल मेसी, ब्राजिलका नेइमार, जर्मनीका मेसुट ओजिल, उरुग्वेका लुईस सुआरेज, कोलम्बियाका जेम्स रोड्रिग्वेज, स्पेनका आन्द्रेस इनिस्टालगायतका चर्चित खेलाडीलमध्ये कसैले गोल्डेन बल जित्न सक्ने अनुमान गरिएको थियो ।
तर, क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने यी खेलाडीहरु यसपटक राष्ट्रका लागि चल्न सकेनन् । बरु, १८ वर्षका कालियन एम्बाप्पेले उत्कृष्ट खेल्दै आफू गोल्डेन बलको दाबेदार रहेको देखाएका छन् । उनले प्रतियोगितामा अहिलेसम्म ३ गोल गरे ।
त्यसमध्ये अर्जेन्टिनाविरुद्ध अन्तिम १६ को खेलमा उनले गरेका दुई गोल वर्षौसम्म धेरैको सम्झनामा रहनेछ ।
मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई घरको बाटो देखाउने एम्बाप्पेको प्रदर्शनलाई सन् १९५८ को विश्वकपमा पेलेले गरेको प्रदर्शनसँग तुलना गरिएको छ । पेलेजस्तै फाइनलमा उत्कृष्ट खेलेर उनले टोलीलाई उपाधि जिताउँछन् या असफल हुन्छन् । आइतबार साँझको खेलपछि थाहा हुनेछ । तर, अहिलेसम्मको प्रदर्शन उनलाई गोल्डेन बलको दाबेदारका रुपमा उभ्याउन पर्याप्त छ ।
निसन्देह, क्रोयशियाको ऐतिहासिक यात्रामा लुका मोड्रिच बधाईका पात्र हुन् । पहिलो पटक फाइनल खेल्न लागेको क्रोयशियाली टोलीको कप्तान उनी नै छन् । उनले प्रतियोगितामा २ गोल गरेका छन् र १ गोलका लागि पास उपलब्ध गराइदिएका छन् । गोलका लागि १४ वटा अवसर सिर्जना गरेका छन् ।
डेनमार्क विरुद्धको अन्तिम १६ को खेल मोड्रिचका लागि बिर्सनलायक खेल हो किनकि यतिबेला उनी पेनाल्टीमा चुके । तर, बाँकी सबै खेलमा उनी चम्किएका छन् । ३२ वर्षको उमेरमा पनि मोड्रिच उत्तिकै जोशिलो देखिएका छन् । उनको टोलीले अहिल्यै इतिहास रचिसकेको छ । फ्रान्सलाई हराउँदै विजेता बन्न चाहन्छ ।
फ्रान्सका एन्टोनियो ग्रिजम्यान पनि गोल्डेन बलका दाबेदार हुन् । उनले प्रतियोगितामा अहिलेसम्म ३ गोल गरेका छन् भने २ गोलका लागि अवसर सिर्जना गरेका छन् ।
बेल्जियमलाई सेमिफाइनलसम्म ल्याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका इडेन हाजार्ड गोल्डेन बलका अर्का दाबेदार हुन् । इङल्यान्ड विरुद्धको तेस्रो स्थानको प्ले अफ खेलअघि उनले २ गोल र २ एसिस्ट गरेका छन् । फ्रान्स विरुद्धको सेमिफाइनलमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । तर, दुग्भार्य बेल्जियम पराजित हुन पुग्यो ।
प्रतियोगितामा ६ गोल गर्दै गोल्डेन बुटको दाबेदार रहेका ह्यारी केन गोल्डेन बलका पनि दाबेदार हुन् । ४ गोल गरेका रोमन लुकाकुले अन्तिम खेलमा उनलाई गोल्डेन बुटका लागि चुनौती दिदैँछन् । बेल्जियमका केभिन डु ब्रयाने यस प्रतियोगितामा चलेका अर्का खेलाडी हुन् । उनले ब्राजिल विरुद्ध क्वार्टफाइनलमा उत्कृष्ट गोल गरेका थिए । त्यसैले तेस्रो स्थानका लागि इङल्यान्ड र बेल्जियम भिड्दा गोल्डेन बल र गोल्डेन बुटका दाबेदार खेलाडीहरुको प्रदर्शन कस्तो हुनेछ भन्ने पनि दर्शकहरुलाई व्यग्र चासो हुनेछ ।
फ्रान्सका एनगोलो कान्टे पनि प्रतियोगितामा निकै उत्कृष्ट देखिएका छन् । फ्रान्सको आक्रमणलाई चुस्त बनाउन यी मिडफिल्डरको ठूलो योगदान छ । उनी डिफेन्समा पनि उत्तिकै छाउँछन् । इङल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड पनि प्रतियोगितामा चलेका खेलाडी हुन् । क्रोयशिया विरुद्ध इङल्यान्डले १–० को लिड लिदाँसम्म पिकफोर्डको प्रदर्शन हेर्नलायक थियो । उनले क्रोयशियाका धेरै प्रहारहरु जोगाए ।
तर, अन्त्यमा क्रोयशियाले दुई गोल गरिछाड्यो । यद्यपी, उनको प्रदर्शन उत्कष्ट छ । नकआउट चरणमा कोलम्बिया, स्विडेन र क्रोयशिया विरुद्ध उनले राम्रो खेलेका छन् ।
यी हुन् गोल्डेन बुटका दाबेदार
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ । जारी प्रतियोगितामा अहिलेसम्म (तेस्रो स्थानको खेल र फाइनल खेलअघि) सर्वाधिक गोलकर्ताको दौडमा इङल्यान्डका ह्यारी केन ६ गोलसहित पहिलो नम्बरमा छन् ।
बेल्जियमका रोमन लुकाकुले ४ गोल गरेका छन् । त्यसैले केनलाई चुनौती दिनेमा उनी सबैभन्दा अघि छन् । त्यसका लागि उनले इङल्यान्ड र बेल्जियमबीचको तेस्रो स्थानका लागि हुने खेलमा कम्तिमा २ गोल गर्नुपर्नेछ ।
लुकाकुसँगै रुसका डेनिस चेरिसोभ र पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको ४–४ गोल छ । तर, रुस र पोर्चुगलको चुनौती समाप्त भइसकेको छ । फाइनल खेलअघि फ्रान्सका कालियन एमबाप्पे र फ्रान्सकै एन्टोनियो ग्रिजम्यानले ३–३ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान