शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघसँगको भेटमा डा. केसीले भने, ‘अहिले पनि देशमा सरकार छ र ?’

शनिबार, ३० असार २०७५, १७ : ५९
शनिबार, ३० असार २०७५

काठमाडौं । स्वास्थ्य सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समिति जुम्ला पुगेको छ । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, बाँके नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्य, नेविसंघ नेता दुर्गा कापडीलगायतको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर डा. केसीलाई भेटेको छ । 

डा. केसीलाई भेटेर फर्केपछि महामन्त्री काफ्लेले रातोपाटीसँग कुरा गर्दै भने, ‘उनको स्वास्थ्य स्थिति एकदम गम्भिर बनेको छ । सरकारले छिटोभन्दा छिटो डा. केसीको माग सम्बोधन गर्नुपर्छ ।’

नेविसंघको टोलीसँगको भेटमा डा. केसीले ‘अहिले पनि देशमा सरकार छ र ?’ भन्दै हँसाएका महामन्त्री काफ्लेले जानकारी दिए । डा. केसीको भनाई उद्धृत गर्दै काफ्लेले भने, ‘देशलाई मेरो चिन्ता हो भने माग छिटो सम्बोधन गरोस् । राज्यको चिन्ता हो भने माथेमा प्रतिवेदन पढोस् ।’

‘डा. केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपाली जनाता र विद्यार्थीका लागि लडेका हुन्,’ उनले भने, ‘केसीको जीवन रक्षाको लागि सरकारले छिटोभन्दा छिटो माथेमा प्रतिवेदन लागु गर्नपर्छ ।’

आइतबारदेखि जुम्लामा बृहत विरोधसभा र धर्ना लगायतका कार्यक्रमहरु गर्ने कुरा भएको उनले बताए । उनले भने, ‘भोलिदेखि स्थानीयहरु पनि रिले अनसनमा बस्ने कुरा भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप