केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधी हुने : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका नेता एवम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा निकालिएको बृहत प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली आफैं गम्भिर नभएको आरोप लगाए ।
उनले सरकारले जिद्धीमा वरिष्ठ चिकित्सक केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधि हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा बोल्दै प्राध्यापक केदारभक्त माथेमाले मेडिकल क्षेत्रको सुधारको माग राखेर गरिएको आन्दोलनलाई बेवास्ता गरेर सरकारले एक जना नागरिकको पनि हित गर्न नसकेको दावी गरे ।
उनले मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन माथेमा कार्य दलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गराउन जोड दिइएको पनि स्पष्ट पारे । प्राध्यापक माथेमाले काठमाडौैं उपत्यकामा मेडिकल कलेजहरुको आवश्यक्ता नभएको तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा नागरिक समाजका अगुवाहरुले पनि वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान