बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा टिप्परको ठक्करबाट युवतीको मृत्यु

शनिबार, ३० असार २०७५, २० : ४४
शनिबार, ३० असार २०७५

काठमाडौँ– मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए । 

मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप