बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाले भनिन्, ‘साथीहरु, स्याम्पेन तोड्नुहोस्ः म आफ्नो थर परिवर्तन गर्दैछु’

आइतबार, ३१ असार २०७५, ०९ : ००
आइतबार, ३१ असार २०७५

नेपाली चलचित्रकी निकै व्यस्त नायिका प्रियंका कार्की र उनका प्रेमी नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले आफ्नो १६ महिने प्रेम सम्बन्धलाई शनिबार इन्गेजमेन्ट गरेर थप कसिलो बनाएका छन् ।

आफ्नो परिवारको निकट सदस्यको सहभागितामा यी दुईले आफ्नो इन्गेजमेन्ट निकै गोप्य तरिकाले  गरेका थिए । मिडियालाई यसबारे अत्तोपत्तो थिएन ।  यद्यपी, सोसल मिडियामा पूर्व मिस नेपाल र प्रियंकाकी बुहारी जेनिशा मोक्तान र आयुष्मानकी आमा रबिना श्रेष्ठले यी दुईको इन्गेजमेन्टका तस्बिर आ–आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेपछि यसबारे थाहा भएको हो ।  

साथै,  प्रियंका र आयुष्मानले पनि आ–आफ्ना फेसबुक अकाउन्टमा इन्गेज्ड भएको जानकारी अपडेट गरेका छन् ।

अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै, भयो इन्गेजमेन्ट

प्रियंकाले आठ घण्टा अघि एउटा स्ट्याटस लेखेर इन्गेजमेन्टका तस्बिरहरु आयुष्मानलाई ट्याग गरेर सेयर गरेकी छिन् ।

उनले लेखकी छिन्, ‘हामी निकै हर्षविभोर भएर यो घोषणा गर्न चाहन्छौं कि अब हाम्रो सम्बन्ध सदाको लागि हुनेछ । साथीहरु, स्याम्पेन तोड्नुहोस्ः म आफ्नो थर परिवर्तन गर्दैछु ।’ उनले अन्तिममा आयान्का ह्यासट्याग पनि प्रयोग गरेकी छिन् ।

यद्यपी, यी दुईको विवाह अर्को वर्षमात्र हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप