शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तथ्याङ्कमा क्रोएसिया भर्सेस फ्रान्स

आइतबार, ३१ असार २०७५, ०९ : १४
आइतबार, ३१ असार २०७५

काठमाडौँ । आज विश्वकपको फाइनल । दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया फाइनलमा विश्वविजेताको ताज पहरिन भिड्दैछन् । को विश्वविजेता बन्ला भन्ने सबैको चासो रहेको छ ।
हेरौँ दुई राष्ट्रबीचको खेलअघि तथ्याङ्कले चाहीँ के भन्छ :

हेड टु हेड

– फ्रान्स क्रोएसियाबिरुद्धको पछिल्ला ५ खेलमा अपराजित रहेको छ । यसमध्ये तीन खेलमा फ्रान्स विजयी भएको छ । मुख्य प्रतियोगिता दुई टोली यसअघि दुई पटक भिडेका छन् ।

– सन् १९९८ को विश्वकपको सेमिफाइनलमा लिलियान थुरामको दुई गोलको मद्दतले फ्रान्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै क्रोएसियालाई पराजित गरेको थियो । १४२ खेलको फ्रान्सको करियरमा थुरामले ती दुई गोलबाहेक अन्य गोल गर्न सकेनन् ।

– सन् २००४ को युरो कपमा दुई टोलीबीचको समूह चरणको खेल २–२ को बराबरीमा सकिएको थियो ।

– सन् २०११ को मार्चमा दुई टोलीबीच भएको मैत्रिपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फ्रान्स

– फ्रान्स विश्वकपको फाइनलमा तीन वा सोभन्दा बढी पुग्ने छैटौँ टोली बनेको छ । यसमा जर्मनी (आठ), ब्राजिल र इटाली (छ), अर्जेन्टिना (५) र नेदरल्याण्ड (तीन) रहेका छन् ।

– मुख्य प्रतियोगितामा फ्रान्सको यो छैटौँ फाइनल हुनेछ । यसअघिका पाँचमध्ये तीन फाइनल जितेको छ ।

– विश्वकपको फाइनलमा फ्रान्सको चारमध्ये तीन गोल सेटपिसबाट आएको छ (दुई कर्नर, एक पेनाल्टी) ।

– यो विश्वकपमा फ्रान्सको पछिल्लो पाँच मध्ये तीन गोल डिफेन्डरले गरेका छन् – बेन्जामिन पभार्ड, राफायल भरान र सामुयल उम्टिटी ।

– पछिल्लो पटक तीन डिफेन्डरले विश्वकपमा गोल गर्दा फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।

– पेनाल्टी सुटआउटलाई हटाउने हो फ्रान्सले विश्वकपमा पछिल्ला १४ नकआउट खेलमध्ये १ मा मात्र हार बेहोरेको छ जसमा उसले ११ जीत र दुई बराबरी हासिल गरेको छ । पछिल्लो पटक सन् २०१४ को विश्वकपमा फ्रान्स जर्मनीसँग क्वाटरफाइनलमा १–० ले पराजित भएको थियो ।

– डिडिएर डेस्च्याम्प खेलाडी र प्रशिक्षक बनेर विश्वकप जित्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन् । यसअघि मारियो जागालो र फ्रान्ज बेकेनबाउरले यो उपलब्धि हासिल गरेका थिए । उनले विश्वकपमा ११ मध्ये आठ खेल जित्दै ७३ प्रतिशत खेलमा विजय बनेका छन् ।

– यो विश्वकपमा फ्रान्स मात्र ९ मिनेट १२ सेकेण्ड गोलले पछि परेको छ । उता, क्रोएसिया भने नकआउट खेलका सबै खेलमा पछि परेको छ ।

– ओलिभर जिरुले यस विश्वकपमा प्रहार गरेको सबै १३ प्रहार लक्ष्यमा पुग्न सकेको छैन । सन् १९६६ पछि यति धेरै प्रहार पछि पनि कुनै खेलाडीले लक्ष्यमा हिर्काउन नसकेको पहिलो अवसर हो ।

– कायलिन एमबाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो ‘टिनएजर’ बन्ने सम्भावना छ । पेलेले सन् १९५८ मा गरेको ६ गोलपछि एमबाप्पे ३ गोलसहित विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टिनएजर बनिसकेका छन् ।

– युरोपियन च्याम्पियनसीप र विश्वकपका खेलहरु जोड्दा एन्टोनियो ग्रिजमानले फ्रान्सका लागि मुख्य प्रतियोगिताका नकआउट खेलमा ११ गोलमा एसिस्ट वा गोल गरेका छन् । पछिल्लो ५० वर्षमा फ्रान्सका लागि यस्तो उपलब्धि कुनै खेलाडी हासिल गर्न सकेका छैनन् । जिनेदिन जिदानले आठ तथा मिचेल प्लाटिनीले छ वटामा गोल वा एसिस्ट गरेका छन् ।

क्रोएसिया

– क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औँ राष्ट्र हो ।

– यसअघि नयाँ टोली पुगेको दुई विश्वकप फाइनल नवप्रवेशी टोलीले नै जितेको थियो । सन् १९९८ मा फ्रान्स र सन् २०१० मा स्पेनले ।

– तीनवटै नकआउट खेलमा गोलले पछि परे पनि त्यसलाई उल्टाउँदै विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया पहिलो टोली हो ।

– क्रोएसियाले पछिल्ला तीन खेल अतिरिक्त समयसम्म खेलेको छ । एउटै विश्वकपमा चारवटा अतिरिक्त समयको खेल खेल्ने क्रोएसिया पहिलो टोली बन्ने सम्भावना छ ।

– क्रोएसियाले गरेको १२ गोलमा ८ फरक गोलकर्ता रहेका छन् । क्रोएसियाअघि बेल्जियमबाट १४ गोल ९ खेलाडीले गोल गरेका छन् (प्लेअफ अघि) ।

– क्रोएसियाले सन् २००६ मा जापानविरुद्ध गोलरहित बराबरी खेलेयता विश्वकपका पछिल्ला १० खेलमा गोल गरेका छन् ।

– क्रोएसियाले रसियामा खाएको ५ मध्ये ४ गोल सेटपिसबाट आएको छ । यसमा पेनाल्टी, थ्रो इन, इन्डाइरेक्ट फ्रिकिक र डाइरेक्ट फ्रिकिक रहेको छ ।

– क्रोएसियाले यो विश्वकपमा सबैभन्दा धेरै फल (९९ पटक) गरेको छ भने सबैभन्दा धेरै पहेँलो कार्ड (१४) पटक पाएको छ ।

– इभान पेरेसिच क्रोएसियाका लागि मुख्य प्रतियोगितामा १० गोलमा संलग्न भएका छन् । यसमा ६ गोल र चार एसिस्ट समावेश छ । यसअघि डेभोर सुकरले ९ गोल र एक एसिस्ट गरेका थिए ।

– विश्वकपमा लुका मोड्रिचले १६ वटा गोलको अवसर सृजना गरेका छन् । उनको अन्य समकक्षीभन्दा यो तथ्याङ्क दोब्बर हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप