शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समुन्द्रमा पोज दिँदै गर्दा कट्रिनालाई दुईवटा सार्कले टोक्यो, पानीभित्र तान्यो

आइतबार, ३१ असार २०७५, ११ : ३७
आइतबार, ३१ असार २०७५

प्रशंसक र आफ्ना नजिकसँग जोडिन सेलिब्रिटीले सोसल मिडियामा आफ्नो शानदार तस्बिर पोष्ट गर्ने गर्छन्  । यसै कारण आजकाल सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले उत्कृष्ट फोटो क्लिक गर्ने विभिन्न तरिका अपनाउँछन् । यस्तै कोसिसमा एक चर्चित मोडल कट्रिना घाइते भएकी छिन् ।

अमेरिकी मोडल कट्रिना जारुत्सकी आफ्ना प्रेमी र उनको परिवारसँग एक महिना अघि अमेरिकाको बाहामसमा रहेको एक्सुमा टापू घुम्न गएकी थिइन् ।

एक दिन खाना खाएपछि स्ट्यानियल के नामको एरियामा कट्रिनाले नर्स शार्कको बथानसँग मानिसहरुले अन्तर्क्रिया गरिरहेको देखिन् ।

यो देखेर उनलाई नर्स शार्कसँग पानीभित्र फोटो खिच्न मन लाग्यो ।

१९ वर्षे उनी मायमीबाट नर्सिङ र बिजनेसमा डबल डिग्री लिने तयारीमा छिन् । उनले क्यालिफोर्नियामा वाटर स्पोर्टस् खेलेका उनी समुन्द्रसँग अपरिचित पनि थिइनन् ।

‘मलाई पहिले नै सर्फिङ र स्कूबा डाइभिङको ज्ञान भएकाले नर्स शार्क निकै सुरक्षित हुन्छन् भन्ने थाहा थियो,’ उनले बीबीसीलाई भनिन् । ‘मैले मानिसहरुले उनीहरुसँग खिचेका अनेकौं तस्बिर इन्स्टाग्राममा देखेकी छु ।’

केही मिनेट पोज लिएपछि मलाई त्यहाँका एक स्थानीयले उत्तानो परेर पानीमा तैरन प्रोत्साहित गरे ।

‘त्यतिबेला मानिसहरुले फोटो खिचिरहेका थिए र म उत्तानो परेको केही सेकेन्डभित्रै, मलाई भित्र तानियो,’ उनले भनिन् ।

त्यतिबेला उनका प्रेमीका बुवाले कट्रिनाको फोटो खिचिरहेका थिए । दुर्घटनावश उक्त घटना श्रृङ्खलाबद्ध रुपमा क्यामरामा कैद भए ।

शार्कले उनलाई केही सेकेन्डसम्म पानीभित्र तान्यो । तर हातमा टोकिरहेको एउटा सार्कबाट उनले आफूलाई उम्काउन सफल भइन् ।

एउटा फोटोमा उनले आफ्नो घाउ समातेर हातलाई माथि उठाएको देख्न सकिन्छ । यसो गरेर उनले आफ्नो रगत पानीमा फैलनबाट रोकिरहेकी थिइन् ।

‘यदि कसलाई यस्तो घटना भए, उनीहरु निकै आत्तिने गर्छन् र चाँडोभन्दा चाँडो स्थितीबाट उम्कन चाहन्छन् । तर म भने निकै शान्त थिएँ,’ उनले भनिन् ।

‘मलाई लाग्छ कि यदि कसैले कराएको भए स्थिती भिन्न हुन्थ्यो,’ उनी थप्छिन् ।

कट्रिनाले शार्कले टोकेको घाउमा टाँका लगाएकी छिन् र घाउ निको पार्न एन्टिबायोटिक्स खाइरहेकी छिन् । तर पनि उनको घाउमा शार्कको दाँतको निशान देख्न सकिन्छ ।

घाउको निकै नराम्रो दाग बस्न सक्छ तर स्थिती भयानक नभएकाले आफू भाग्यमानी भएको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप