बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको बुराडी कान्डपछि अर्को परिवारका सबै सदस्यद्वारा 'सामूहिक आत्महत्या'

आइतबार, ३१ असार २०७५, १२ : ०९
आइतबार, ३१ असार २०७५

भारतको चर्चित बुराडी कान्डपछि झारखण्डको हजारीबाग जिल्लामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । झारखण्डको अजारी बाग जिल्लामा शनिबार राती मारवाडी परिवारका ६ सदस्यले कथित रुपमा आत्महत्या गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार एकै परिवार पाँच जना झुण्डिए भने एकले छतबाट हाम फालेर आत्महत्या गरे ।

एक रिपोर्ट अनुसार घटनास्थलमा पुलिस पुग्दा त्यहाँ ६ जनाको मृत्यु भएको पाइयो जसमध्ये दुई पुरुष, दुई महिला र दुई बच्चाहरु थिए । पुलिसलाई  छिमेकीले घटनाबारे जानकारी दिएका हुन् ।

पुलिसका अनुसार घटनास्थलबाट उनीहरुले एउटा नोट पनि बरामद गरेका छन् जसमा ड्राइ फ्रुटको पसल चलाउने उक्त परिवार ऋण र व्यापार घाटाका कारण अत्यधिक दबाबमा परेको लेखिएको छ । पुलिसले यसबारे अनुसन्धान गरिरहेकाले अहिले नै यसबारे निष्कर्ष निकाल्न नमिल्ने बताएको  छ ।

एकै परिवारका ११ को शव भेटियोः बिहान पसल नखोल्दा छिमेकीले देखे भयानक स्थिती

आत्महत्या गर्नेमा ७० वर्षे महावीर महेश्वरी र ६५ वर्षीया उनकी श्रीमती किरण महेश्वरीलगायत उनीहरुका ४० वर्षे नरेश अग्रवाल, ३८ वर्षे उनकी श्रीमती र उनीहरुका दुई सन्तान ८ वर्षे अमन र ६ वर्षे अंजली रहेका छन् ।

के ‘मोक्ष’ पाउन एकै परिवारका ११ सदस्यले गरे आत्महत्या ?

एक महिनाको अन्तरालमा पूरै परिवार मृत पाइएको भारतमा यो दोस्रो घटना हो । जूलाई महिनाको सुरुवातमा बुराडी परिवारका ११ सदस्य मृत पाइएका थिए ।

एकै परिवारका ११ सदस्यको मृत्युका ११ अनुत्तरित प्रश्नहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप