नेप्सेका पूर्व सीइओ साउद भन्छन्ः अदालतले न्याय दिलाउँछ
काठमाडौं–ओली सरकारले शेरबहादुर देउवा सरकारको पालामा गरेका नियुक्ती खारेज गरेपछि नेप्सेबाट निकालिएका चन्द्रसिंह साउदले सरकारले अन्याय गरेको जनाएका छन् ।
सरकारले आफुलाई हटाएर अन्याय गरेको भन्दै साउदले सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्दा दायर गरेका छन् ।
साउदका अनुसार सो मुद्दाको सुनुवाई आज हुदैन छ ।
न्यायधिस डम्बर बहादुरको इजलासमा हुने सुनुवाइले आफुलाई न्याय दिलाउने साउदको विश्वास छ ।
साउँदले आफ्नो नियुक्ति राजनीतिक नभइ प्रतिस्पर्धाबाट भएको जनाउँदै भने, ‘मेरो नियुक्ति मन्त्रिपरिषदले गरेको निर्णय थिएन, धितोपत्र ऐन अन्र्तगत भएको निर्णयलाई कसरी उल्टाउन मिल्छ ? सरकारले अन्याय गरेपनि अदालतले न्याय दिलाउनेमा ढुक्क छु’ ।
यता दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र निक्षेप कर्जा सुरक्षा कोषका कार्यकारी अध्यक्ष कृष्णबाबु मिश्रले दिएको रिट उपर निर्णय गर्दै तत्काल देउवा नेतृत्व सरकारले गरेको नियुक्ति बदर नगर्न सर्वोच्चले आदेश दिइसकेको छ ।
१४ भदौ २०७४ पछि गरेको राजनीतिक नियुक्ति गत असार २० गते मन्त्रिपरिषदको निर्णयले खारेज गरेको हो ।
यो निर्णयसँगै नेप्सेका साउँद पनि निकालिएका हुन ।
सरकारले नेप्सेको सीइओमा अर्थमन्त्रालयकै उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मको लागि नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास