शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयलाई वृज सिमेन्टको सहयोग

आइतबार, ३१ असार २०७५, १२ : ५२
आइतबार, ३१ असार २०७५

चितवन । केडिया अर्गनाईजेशन अन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रिजे चितवनको श्री नारायणी नमुना माध्यमिक बिधालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

नेपालको एकमात्र नमुना बिद्यालयको सुचीमा रहेको नारायणी नमुना माध्यमिक बिधालयलाई पुष्पतारा केडिया सेवा संस्थाको आयोजना एवं वृज सिमेन्ट इण्डष्ट्रिजद्धारा प्रायोजन गरिएको फुटबल सामाग्री एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालद्धारा हस्तान्तरण भयोे ।

विद्यार्थीको सर्वाङ्गिण बिकासमा खेलकुद अति महत्वपुर्ण पक्ष हो जसको माध्यमबाट विद्यार्थीहरुमा मानसिक, शारिरीक, बौद्धिक विकास तीब्र गतिमा हुने मेयर दाहालले बताइन् ।

यस विद्यालयमा करीब ३००० बिधार्थीहरु अध्ययन रहेको र कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।

बालबालिकाको अतिरिक्त्त कृयाकलापमा हातेमालो गरेकोमा विद्यायलका प्राध्यापक पुर्ण दवाडीले वृज सिमेन्टलाई धन्यवाद दिएन ।

निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने प्राध्यापक दवाडीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप