बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अलिशाको हट नृत्यले तात्यो नारायणगढ

आइतबार, ३१ असार २०७५, १३ : ११
आइतबार, ३१ असार २०७५

नारायणगढ– अभिनेत्री अलिशा शर्माले नारायणगढ तताएकी छन् । उनले आफ्नो हट नृत्यबाट नारायणगढ तताएकी हुन् । शनिबार साँझ नारायणी  किनारमा आयोजना गरिएको एक भव्य कन्सर्टमा मुख्य आकर्षणको केन्द्र नै उनी बन्न पुगिन् । साँझ छिमिलै गर्दा बढ्दै गरेको रातमा उनको नृत्य देखेर दर्शक रमाएका थिए ।

चलचित्र ‘चि मुसी चि’ प्रचारका लागि निर्माण युनिट सहित पूर्वी नेपालका केही शहरहरुको दौडसहित उनी नारायणगढ आइपुगेकी थिइन् । उनले कन्सर्टमा चलचित्रको केही गीतमा नृत्य देखाएकी थिइन् । 
चलचित्र ४ गीतमै कलाकारले नृत्य देखाएका थिए । आलिशाको अलवा सुनिल क्षेत्री, सुसान्त कार्कीले समेत बेजोड नृत्य प्रस्तुत गरेका थिए ।

अलिशाको गृहनगर चितवननै हो । आफ्नै चेलीको हट अवतार देख्दा नारायणगढवासी निकै दंग देखिन्थे ।  चितवन भएको उक्त कन्सर्टमा उनले आफुलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट बाट चर्चा बटुलेका सुनिल र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशाको नृत्यसँगै नाचेर पसिनै्र पसिना भएका दर्शकलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले समेत नचाएकी थिइन् । 

’चि मुसी चि’ युनिटले देशैभर प्रमोशनल कन्सर्ट आयोजना गरेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ आयोजना भएकको कन्सर्ट बुटवल, भैरहवा, पोखरा, दमौली, काठमांडौ लगायतका स्थानमा अझै आयोजना हुनेछ । 

११ श्रावणबाट देशैभर प्रदर्शनमा आउने चलचित्र अरुणकुमार गुरुङ, महेश्वर खत्री, सवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता र रहेको यस शिवराज कार्की कार्यकारी निर्माता रहेका छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की चलचित्रको प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप