बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१६ सौन्दर्य प्रतियोगिताका ३४ बिजेता एउटै र्याम्पमा

आइतबार, ३१ असार २०७५, १३ : ३३
आइतबार, ३१ असार २०७५

काठमाडौं– १६ सौदर्य प्रतियोगिताका ३४ बिजेता एउटै र्याम्पमा देखिएका छन् । पेजेण्ट नेपालले फेसन शोमार्फत एकसाथ ३४ बिजेता होटल एल्लो प्यागोडाको र्याम्पमा उतारेको हो । शोमा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा समेतको सहभागीता रहेको थियो । 

‘मिस नेपाल २००० की बिजेता उषा खड्गी तथा अभिनेत्री सञ्चिता लुइँटेल सोटपर रहेको शोमा टिशर्ट राउण्ड, क्रियटिभ डिजाईन लगायत बिभिन्न सिक्वेलमा फेसन प्रदर्शन गरिएको थियो । ममता बस्नेत, जानुका राई, सुमित रजक लगायतका डिजाइनले तयार पारेको करिब ६ दर्जन पहिरन पर्याम्पमा प्रस्तुत भएका थिए । कार्यक्रममा २५ इभेन्ट अर्गनाईजर समेत एकै र्याम्प वाक गरेका थिए ।

कार्यक्रमको अत्यतिर सबै बिजेता सौदर्य प्रतियोगितामा जितेको क्राउन र पहिरनमा स्टेजमा देखिँदा कार्यक्रममा रौनक बढेको थियो । फेशन शोमा कलाकार जीतु नेपाल, सुरेन्द्रद्र केसी, महादेव त्रिपाठी, यमन श्रेष्ठ, रीता केसीले लगायतले संगीतिक प्रस्तुति दिएका थिए । भरिभराउ हलमा उभिएर हेर्ने दर्शकको संख्या समेत उल्लेख्य रहेको थियो ।

रोजीन शाक्य र आश्विनी झाको कोरियोग्राफी रहेको फेसन शो आफुले सोचेभन्दा पनि भब्य भएको आयोजक पेजेण्ट नेपालका अध्यक्ष राज लुइँटेलले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप