शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवाज सरिफ : जसले पाकिस्तानलाई परमाणु सामाथ्र्य दिए, उनी आफै भने ‘पनामा पेपर्स’को धक्काले ढले

आइतबार, ३१ असार २०७५, १३ : ४१
आइतबार, ३१ असार २०७५

अबिद हुसैन\बीबीसी उर्दू

सन् १९४९ डिसेम्बर २५ मा जन्मिएका मिया मोहम्मद नवाज एक सम्पन्न परिवारमा जन्मिए । उनको पिता एक सफल व्यवसायी थिए ।

सन् सत्तरीको दशकमा सरिफ राजनीतिक मैदानमा आए । सरिफलाई जनरल जियाको समयमा मन्त्रीमण्डलमा वित्त मन्त्रीका रूपमा समावेश गरियो ।

सन् १९८५ मा उनी पञ्जाबको मुख्यमन्त्री भए र सन् १९८८ को निर्वाचनमा इस्लामी जाम्हुरी इत्तेहाद (आईजेआई) नामक पार्टीबाट चुनाव लडे ।

उनले इस्लामाबादमा धेरै प्रभाव त बनाउन सकेनन् तर पञ्जाबको किल्ला मजबुत बनाउँदै पुनः मुख्यमन्त्री पद जिते ।

तर पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को सरकार ढलेपछि सन् १९९० को चुनावमा आईजेआईको नेतृत्व उनको हातमा आयो ।

यो चुनाव उनको पार्टीले चुनाव जित्यो र नवाज पहिलो पटक देशको प्रधानमन्त्री बने ।

तर तीन वर्षभित्र तत्कालीन राष्ट्रपति गुलाम इस्हाक खानसँग मतभेद भएपछि उनको सरकार विघटन गरियो ।

नवाज सरिफ चुप लागेर बसेनन् । उनी सर्वोच्च अदालत पुगे र अदालतले उनको सरकार पुनः स्थापित गरिदियो । तर सरकार बहाली लामो समयसम्म टिक्न सकेन ।

राष्ट्रपतिसँग उनको मतभेद कायम रहिरह्यो र अन्ततः उनले सत्ता छोड्नु प¥यो ।

सत्तापलट

सन् १९९३ को चुनावमा पीपीपीकी नेता बेनजिर भुट्टो प्रधानमन्त्री बनिन् ।

उनको सरकार पनि भ्रष्टाचारको आरोपमा राष्ट्रपति फुकुज लेघारीद्वारा बर्खास्त भयो । 

सन् १९९७ मा भएको आम चुनावमा नवाज सरिफले ठूलो बहुमत हासिल गरे र दोस्रो पटक प्रधानमन्त्री बने ।

सन् १९९८ मा भारतले परमाणु परीक्षण ग¥यो, जसलाई नवाज सरिफले बलुचिस्तानको चगाईमा पाँच परमाणु बम विस्फोट गराएर जवाफ दिए ।

तर उनले  सम्झौताको मार्ग पनि त्यागेनन् । सन् १९९९ मा लाहौरमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग उनले भेटवार्ता गरेर दुई देशबीच सम्बन्ध सुधार गर्ने प्रयास गरे ।

तर यस पटक पनि नवाज सरिफले पूरा कार्यकाल शासन गर्न पाएनन् । यो पटक पाकिस्तानको सेना प्रमुख जनरल परवेज मुसर्रफले उनलाई सत्ताबाट हटाएर आफैले शासन हत्याए ।

मुसर्रफले सरकार सम्हालेपछि नवाज सरिफमाथि कैयौँ मुद्दा लागे ।

उनले जेल जानुप¥यो । यस समय उनको पत्नी कुलसुम नवाज र छोरी मरियम नवाजले सैन्य शासनको विरुद्ध आन्दोलन गरिरहे ।

परवेज मुसर्रफसँग सम्झौता भएपछि उनको सजाय त माफ गरियो तर उनलाई पाकिस्तान छोड्न र सउदी अरबमा शरण लिनुप¥यो । 

सन् २००२ मा भएको आम निर्वाचनमा उनको पार्टीले उनीबिना खासै राम्रो प्रदर्शन गर्न सकेन ।

पाकिस्तान पुनः फर्किंदा

सन् २००६ मा लन्डनमा नवाज सरिफको भेट उनको राजनीतिक प्रतिद्वन्द्वी बेनजिर भुट्टोसँग भयो ।

भेटमा उनीहरू दुईले परवेज मुसर्रफविरुद्ध मिलेर लड्ने र प्रजातन्त्र पुनःस्थापना गर्ने सम्झौता गरे ।

(पछि सन् २००७ डिसेम्बरमा बेनजिर भुट्टोको हत्या हुँदा अस्पताल पुग्ने सबैभन्दा पहिलो नेता नवाज सरिफ थिए ।)

सर्वोच्च अदालतको अनुमतिपछि नवाज सरिफले सन् २००७ मा पाकिस्तान फर्कने प्रयास गरे । तर परवेज मुसर्रफको सरकारले उनलाई एयरपोर्टबाटै साउदी अरब फर्काइदियो ।

तर दुई महिनापछि उनी पाकिस्तान फर्किन सफल भए । पाकिस्तान ओर्लंदा लाहौर विमानस्थलमा उनको भव्य स्वागत भयो ।

पाकिस्तान फर्केपछि उनले अन्य राजनीतिक दलहरूसँग परामर्श सुरु गरे । उनले सन् २००८ मा हुन लागेको आमचुनाव बहिष्कार गर्ने वातावरण बनाउन कोसिस गरेका थिए ।

तर यसमा उनी सफल हुन सकेनन् । 

तेस्रो पटक सत्तामा

सन् २००८ फेब्रुअरीमा भएको निर्वाचनमा नवाज सरिफको पार्टी मुस्लिम लिग दोस्रो नम्बरमा आयो । उनले पीपीपीसँग मिलेर गठबन्धन सरकार बनाउने निर्णय गरे । तर यो गठबन्धन लामो समय टिक्न सकेन र नवाज सरिफको पार्टी सरकारबाट अलग भयो ।

उनको पार्टी गठबन्धनबाट निस्किएको दुई वर्षपछि सन् २०१३ मेमा पुन चुनाव भयो ।

यो पटक उनको पार्टी विजयी भयो । नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बने । यो पटक उनको प्रतिस्पर्धा क्रिकेटबाट राजनीतिमा प्रवेश गरेका इमरान खानसँग थियो । 

इमरान खानले सरिफलाई चुनावको दौरान धाँधली गरेको आरोप लगाए ।

विरोध स्वरूप सन् २०१४ मा इमरानले राजधानी इस्लामाबादमा महिनौँसम्म प्रदर्शन पनि गरे ।

यसबीच सरिफ भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन भारत आए र सन् २०१५ मा नरेन्द्र मोदीलाई लाहौरमा स्वागत गरे ।

यसका अतिरिक्त उनले चीनसँग सम्झौता गराएर ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर परियोजना (सीपीईसी)’ सुरु गराए ।

पतनको सुरुवात
तर सन् २०१६ बाट उनको राजनीतिक पतन सुरु भयो । त्यो वर्ष ‘पनामा पेपर्स’ नामको दस्ताबेज सार्वजनिक भयो ।

त्यसमा उनको नाम पनि सार्वजनिक भयो ।

यो अवस्थाको फाइदा उठाउँदै इमरान खानले पुनः सरकार विरोधी प्रदर्शन सुरु गरे ।

प्रदर्शनका क्रममा उनको राजीनामा मागियो ।

अन्ततः सर्वोच्च अदालत सन् २०१६ नोभेम्बरमा नवाज सरिफमाथि लागेको आरोपको जाँचको आदेश दियो ।

अयोग्य घोषणा

यो दौरान सेनासँग पनि उनको मतभेद बाहिर आयो । सन् २०१७ अप्रिलमा जाँच कमिटीले नवाज सरिफको पक्षमा फैसला गरिदियो ।

तर फैसलाले उनको सम्पत्तिको जाँच गर्ने आदेश दियो ।

उनीविरुद्ध अर्को मुद्दाको जाँच सुरु भयो र सन् २०१७ मा उनलाई दोषी पाइयो ।

उनमाथि युनाइटेड अरब इमिरेटमा आफूले काम गरेको कुरा चुनावको क्रममा लुकाएको आरोप लागेको थियो ।

यसमा दोषी पाइएपछि उनलाई अदालत सांसदको सदस्यतालाई अयोग्य घोषणा गरियो र अन्ततः उनले प्रधानमन्त्रीको पदबाट हट्नुप¥यो ।

यही निर्णयमा उनीमाथि भ्रष्टाचारसँग जोडिएको तीनवटा मुद्दामा जाँच हुनेछ भनिएको थियो ।

सन् २०१७ सेप्टेम्बरमा पाकिस्तानको भ्रष्टाचार नियन्त्रण विशेष अदालतले कारबाही सुरु ग¥यो । दश महिनासम्म काम अघि बढिरह्यो ।

यो दौरान उनकी पत्नी कुलसुम नवाफलाई क्यान्सर लागेपछि उपचारका लागि उनी लन्डन जानुप¥यो ।

फर्केर नवाजले देशभरी ¥याली गरेर आफ्नो पक्षमा समर्थन जुटाउने कोसिस गरे ।

उनले अदालती कारबाहीलाई षडयन्त्र भने तर अन्ततः यही जुलाईमा नवाज सरिफविरुद्ध अदालतको फैसला आयो ।

उनलाई दश वर्षको जेल सजाय र असी लाख पाउन्ड जरिवाना लगाइयो ।

सजाय सुनाइँदा सरिफ लन्डनमा रहेको आफ्नो अपार्टमेन्टमा थिए ।

यो त्यही अपार्टमेन्ट हो जसको आयस्रोतमा उनले सार्वजनिक गरेकोभन्दा बढी रहेको भनेर पनि मुद्दा चलिरहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप