शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टीच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग

आइतबार, ३१ असार २०७५, १३ : ५६
आइतबार, ३१ असार २०७५

काठमाडौं । शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकले टीच फर नेपाललाई १० लाख सहयोग गरेको छ ।

बैंकले कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेको हो । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताकासाथ टीच फर नेपाल बिगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ । 

बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न वर्गका  बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको र हाल सम्म १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ जनाएको छ । 

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप