शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर कारोबार अब विद्युतीय प्रणालीमार्फत, अब घरै बसिबसि  किनबेच गर्न सकिने

आइतबार, ३१ असार २०७५, १६ : ५७
आइतबार, ३१ असार २०७५

काठमाडौं– सरकारले सेयर कारोबार पनि विद्युतीय प्रणालीबाट सुरु गर्ने भएको छ । सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्न यही श्रावण १ गतेदेखि परीक्षणको काम सुरु गर्न लागिएको हो । 

३ महिनाभित्र पूर्ण रुपमा विद्युतीय प्रणालीबाट सेयर कारोबार हुनेगरी यही श्रावण १ गतेदेखि परीक्षणको काम सुरु गर्न लागिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

करिव ३ महिनाको परिक्षणपछि सेयर कारोबार पनि विद्युतीय प्रणालीबाटै पूर्ण रुपमा संचालन गर्न सकिने आँकलन गरिएको छ । प्रवक्ता पराजुलीका अनुसार परिक्षणकालमा सेयर कारोबार गर्दा विद्युतीय प्रणालीबाट हुने सबै समस्याको समाधान खोजिनेछ । परीक्षणपछि यसलाई पूर्ण रुपमा संचालनमा ल्याउने योजना रहेको पनि नेप्सेका प्रवक्ता पराजुलीले जनाए ।

सेयर कारोबार विद्युतीय प्रणालीबाट सुरु हुने वित्तिकै इन्टरनेटमार्फत् आफ्नो घरबाटै ग्राहकहरुले धितो–पत्रको खरिद– विक्री गर्न सक्नेछन । 

धितो पत्रसम्बन्धि ऐन, २०६३ को नियम १२ बमोजिम धितोपत्रको खरिद तथा विक्री कारोबार संचालनका लागि संचालन गर्न लागिएको विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र सेयर दलाल कम्पनीले पनि अनिवार्य जडान गर्नुपर्नेछ । 

सरकारले सेयर कारोबारलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीबाट कारोबार गर्ने कानुनी व्यवस्था गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप