शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाकाबन्दी हटाउन उत्तर कोरियाले गर्यो चीनसँग आग्रह

आइतबार, ३१ असार २०७५, १७ : ०४
आइतबार, ३१ असार २०७५

एजेन्सी–आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।  गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए । 

हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।  यसैकारण उत्तर कोरियाले पनि आफुलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो । 

आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटका क्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 

यो प्रस्ताव उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गत महिना भएको भेटका क्रममा पनि राख्नुभएको जापानी पत्रिका योमिउरी सिम्बुनले लेखेको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सो आग्रह गर्नुभएको जापानी पत्रिकाले आइतबारको संस्करणमा गत महिना दिइएको थियो । 

आफ्ना देशका विरुद्धको नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको माग रही आएको छ । यस विषयमा चीनको भने कुनै प्रतिक्रिया आएको छैन । 

यसअघि विश्वलाई नै धम्की दिनेगरी उत्तर कोरियाले एकोहोरोरुपमा अणुअस्त्र उत्पादनको काम गर्दै आएको थियो । 
त्यसपछि भने चीन मात्र नभएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप