बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ७ मा पर्यटन उद्यममैत्री वातावरण सृजना गर्ने: पर्यटनमन्त्री अधिकारी

आइतबार, ३१ असार २०७५, १७ : १७
आइतबार, ३१ असार २०७५

टंक कुवँर 
धनगढी– पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यममैत्री वातावरण सृजना गरिरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरुसँग कुरा गर्र्दै उनले सो कुरा बताएका हुन् ।  विगतमा प्रदेश नं. ७ को पर्यटन क्षेत्र पछाडि पर्नुको थुपै कारण भएको उनले वताए ।

पर्यटनको प्रबद्र्धृन हुन नसक्नु पूर्वाधारको विकास हुन नसक्नु आन्तरिक पर्यटकलाई भित्र्याउन नसक्नु पर्यटन सम्बन्धि स्किल ट्रेनिङ्ग सञ्चालन गर्न नसक्नुले प्रदेश ७ को पर्यटन क्षेत्र पछाडि परेको मन्त्री अधिकारीले दाबी गरे । 

पर्यटन प्रबद्र्धनका लागि छिट्टै नयाँ सृजनाको काम अगाडि बढाउने समेत उनले बताए । राष्ट्रका भत्किएका सम्पदाको पुननिर्माणको काम ९७% सम्पन्न गरेको बताउदै राष्ट्रिय संग्रालयको प्रबद्र्धन, सम्बद्र्धन गर्ने कामलाई पनि अगाडि बढाएको बताए । 

मन्त्री अधिकारीले छिट्टै प्रदेश ७ मा टुरिजम बोर्डको अफिस निर्माण गरी आन्तरिक पर्यटनलाई भित्र्याउन गृहकार्य थलानी गर्ने समेत बताए । ‘प्रदेश ७ मा रहेको गेटा विमानस्थलनको स्तरउन्नती गर्दै अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल अगाडि बढाइ रहेका छौं,’ उनले भने । 

यस क्षेत्रमा रहेका पहाडी विमानस्थलमा पनि छिट्टै उडान गराउन पहल भई रहेको समेत मन्त्री अधिकारीले बताए । उनले आफ्नो कार्यकालमा भनेर होइन गरेर देखाउने समेत बताए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै पहिला यस क्षेत्रमा आन्तरिक पर्यटनलाई भित्र्याउन सके मात्र बाह्य पर्यटनको आगमन हुने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप