विश्वकप जितिन्छ भने म ‘कुरुप फुटबल रणनीति’ खेल्न पनि तयार हुन्छुः फ्रान्सका स्टार फरवार्ड ग्रिजम्यान
एजेन्सी– शुक्रबार भएको एक पत्रकार सम्मेलनमा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानले आइतबार क्रोयसियासँग खेलिरहँदा आफ्नो टिमको लागि कसरी खेल्ने भन्दा पनि कसरी जित्ने महत्वपूर्ण हुने बताए । बेल्जियमका खेलाडीहरुले फ्रान्सले आफूहरुसँगको सेमी–फाइनल खेलमा प्रयोग गरेको रणनीतिलाई ‘एन्टी फुटबल’ भनेर आलोचना गरेका थिए ।
उक्त खेलमा फ्रान्सको टिम अधिकाँश समय रक्षापंक्तिमा केन्द्रीत भएको थियो । फ्रान्सले थोरै समय मात्र बल अघि लगेको थियो । थोरै पटक अगाडि लगिएको मध्ये एक अवसरमा अगाडि लगेको बलमा कर्नर पाएको बललाई फ्रान्सका स्याम्युएल उम्टिटीले हेड गरेर गोल गरेका थिए ।
ग्रिजम्यानले भने आफूहरुको खेल्ने रणनीतिको आलोचनालाई अस्वीकार गरे । ‘म वास्ता गर्दिन । म आफ्नो जर्सीमा तारा थप्न चाहन्छु । तारा पाए भने कस्तो खेल्छौं भन्ने मलाई मतलब हुदैन,’ यो कुरा २७ वर्षका एथलेटिको म्याड्रिडका फरवार्डले मस्को बाहिर रहेको फ्रान्सको ट्रेनिङ्ग आधारमा भएको पत्रकार सम्मेलनमा भने । ग्रीजम्यानले टिमको लागि आफूले खेल्ने शैली बदलेको बताए ।
युरो २०१६ मा उनी छ गोलका साथ शीर्ष गोलकर्ता भएका थिए तर फाइनलमा उनको टिमले आफ्नै भूमिमा क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलसँग हार्यो । उनले रसियामा हालसम्म तीन गोलहरु गरेका छन् । जसमध्ये दुई गोल पेनाल्टी मार्फत भएको हो । जसमध्ये दुई गोलमा उनको एसिष्ट रह्यो ।
‘युरोमा मैले सबैभन्दा बढी गोल गरे तर पनि हामीले हार्यौं, त्यसैले मैले यो पटक मैले आफूलाई भनेको छुः ‘हामीले जित्छौं भने म थोरै गोल हानेर हेर्नेछु ।’ ‘मेरो खेल बदलिरहेको छ । म अब बलको लय नियन्त्रण गर्न वा बल रोकि राख्नमा केन्द्रित भएको छु ।’
विश्वकपको शुरुवाती खेलमा सुस्त प्रदर्शन गरेको फ्रान्सले पछिका खेलहरुमा लय समातेको छ । ग्रिजम्यान र पोग्वाजस्ता अनुभवी तथा किलियन एम्बाप्पे र बेन्जामिन पाभार्डजस्ता युवा खेलाडीहरुको मिश्रणले फ्रान्सले फाइनलसम्मको यात्रा गरेका छ ।
मिडफिल्ड ब्लेस मटुइडीले युरो २०१६ को फाइनलको पराजय आइतबारको विश्वकप खेल्नु अघि आफ्ना खेलाडीहरुको दिमाग हुने बताए । ‘युरो २०१६ को आँसु सुकिसकेको छ तर अझै यो हाम्रो जनताको दिमागको एक कुना छ,’ माटुइडीले शुक्रबार भने । ‘हुनत मलाई विगत दोहोराइरहन मन पर्दैन, तर पनि आइतबारको खेलमा यो हाम्रो प्रेरणा हुनेछ ।’ माटुइडीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?