शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरेका भार्इ रमेश उप्रेती दुबईबाट समातिए, नेपाल ल्याउने तयारी

आइतबार, ३१ असार २०७५, १८ : ०७
आइतबार, ३१ असार २०७५

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न मुख्य नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेती पक्राउ परेका छन् । उनलाई दुबईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रमेश उप्रेतीलाई एक हप्ताअघि दुबई प्रहरीले पक्राउ गरेको र नेपाल ल्याउन कानुनी प्रक्रिया अगाडि बढाइएको दुबईस्थित नेपाली दूतावासले जनाएको छ । 

गत असार ४ गते रमेश उप्रेतीसँगै अन्य चार जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेकर्डर नोटिस जारी भएको थियो । उप्रेतीसहित मोहनकुमार अग्रवाल,  बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप