शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरियामा कामदारको तलबमा उच्च बृद्धि : राष्ट्रपति जे ईनले भने-'तलब अझै बढ्छ'

आइतबार, ०१ साउन २०७४, ०८ : २६
आइतबार, ०१ साउन २०७४

-अर्जुन बराल
सोल - दक्षिण कोरिया सरकारले मजदुरहरुको तलब मूल्य बृद्धि गरेको छ ।
दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि न्युनतम तलब (ज्याला) निर्धारण समितिका २७ सदस्यका बीच ११ औं बैठकमा साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरी बाट लागु हुनेगरि बृद्धि गरेको छ ।

कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम ज्यालाका बिषयमा १०,००० वन माग गर्दै आएका थिए । कम्पनी व्यवस्थापनले भने मजदुरको माग बमोजिम ज्याला बढाउन नसकिने बताउँदै आएको थियो ।

यसैबीच, सन् २०१८ को ज्याला बृद्धि सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने भएकोले मजदुर पक्ष, कम्पनि व्यवस्थापन पक्ष र सरकारका प्रतिनिधिसहित २७ सदस्यबीच भएको छलफल र बहुमतका आधारमा नयाँ ज्यालादर निर्धारण गरिएको कोरियन सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नयाँ तोकिएको तलब अनुसार अब मजदुरले प्रतिमहिना २०९ घण्टा सहित १५,७३,७७० वोन (४ १३८७.७६) मासिक अतिरित्त कामबाहेक प्राप्त गर्दछन् भने कृर्र्षि तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने बताइएको छ ।

यसैगरि राष्ट्रपति मुन जे ईन ले आफनो पाँच बर्षे कार्यकाल सन् २०२२ सम्ममा मजदुरको प्रतिघण्टा ज्यालालाई १०,००० वोन अर्थात ४८.८१ पुरयाउने प्रतिबद्धता जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप