डिश मिडिया नेटवर्कले सिम टीभी खरिद गर्यो, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडियालाई
काठमाडौं । डिश मिडिया नेटवर्कले सिम टि.भि. खरिद सम्झौता गरेको छ ।
आज बसेको डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क (सिम टीभी)को संचालक समितिको संयुक्त वैठकले सिम टीभी डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको हो ।
यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने कम्पनीले जनाएको छ । यसका साथै सिम टीभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले आजैका मितिबाट लिने भएको छ ।
सन् २००९ मा स्थापना भएको डिश होम नेपालको पे टीभी इन्डष्ट्रिमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो ।
०७४ असार १८ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टीभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको संस्था हो ।
सिम टीभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टीभीको खरिद पछि टीभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्ने जनाएका छन ।
नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न