कृषि क्याम्पस रामपुरमा तनावः प्राध्यापक र विद्यार्थी आन्दोलित
रत्ननगर– कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् । आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् । विद्यार्थीले विरोध प्रदर्शन र धर्ना दिँदै आएकामा अहिले भने प्राध्यापकसमेत आन्दोलनमा उत्रिएका हुन् ।
विश्वविद्यालयका एकजना उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । अघिल्लो वर्ष पनि सम्बन्धनको विषयमा प्राध्यापक र विद्यार्थीले आन्दोलन गरेका थिए ।
विद्यार्थीले सम्बन्धन खारेजीको माग गर्दै असार २६ गतेबाट नै विरोध प्रदर्शन र धर्ना कार्यक्रम जारी राखेको एक विद्यार्थी नेता नगेन्द्र दाहालले प्रतिक्रिया दिए । हालै मात्र उक्त विश्वविद्यालयले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको थियो । चार वर्षअघि दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएकामा मापदण्ड पुगेका सात क्याम्पसमा सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।
सरकारी क्याम्पसले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनुपरेको उनले बताए । उनले गुणस्तरीय शिक्षामा भने कुनै सम्झौता नहुने प्रतिबद्धता जनाए । विद्यार्थीहरुको संख्या धेरै भएकाले पनि सम्बन्धन दिनु आवश्यक भएको उनको भनाइ छ ।
कृषि स्नातकमा सम्बन्धन पाउनेहरुमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँंडाकोट रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।
उपकुलपति ढकालका अनुसार सबै कलेजले ५०/५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताए ।
उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउदो शैक्षिक सत्रबाट सञ्चालन गर्ने तयारी भइरहेको समेत बताए । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै वि.सं २०६७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान