क्रोएसियाविरुद्ध पेनाल्टी दिएर रेफ्रीले खेललाई ‘जनताको विजेता’ को नियन्त्रणबाट ‘उम्काएको’ आरोप !
एजेन्सी– डेनमार्कका प्रसिद्ध गोलकिप्पर पिटर स्कमेइचेलले क्रोएसियालाई ‘विश्वकप प्रतियोगिताको उत्कृष्ट टिम’ घोषणा गरेका छन् ।
उनले फ्रान्स र क्रोएसियाबीच भएको फाइनल खेल खेलाएका रेफ्री नस्टर पिटानाले फ्रान्सलाई भीएआर–रिभ्यु हेरेर पेनाल्टी दिनु गल्ती भएको बताए ।
उनले उक्त निर्णयपछि खेल बर्बाद गरेको आरोप लगाए । १–१ को बराबरीको अवस्थामा खेल अघि बढिरहेको अवस्थामा हाफटाइम हुनु केहीअघि पेनाल्टी दिइएको थियो ।
‘विश्वकपको फाइनलजस्तो खेलमा यो ठूलो क्षण हो । तर रेफ्रिले त्यसमा गलत निर्णय लिए । यसले उनीहरुको आत्मविश्वास कम गरायो । सम्पूर्ण कौशल, सम्पूर्ण उर्जा, पछिल्ला तीन खेलहरुमा उनीहरुले जे जति देखाएका थिए सबै हरायो,’ स्कमेइचेलले भने । ‘यही कुरानै यो फाइनल खेलको लागि उपयुक्त भएन ।’
एकपटक अङ्क तालिकामा पछाडि परेपछि क्रोएसियाले खेलमा पुनरागमन गर्न सकेन ।
उसले दोस्रो हाफमा थप दुई गोल खायो ।
खेलको पछिल्लो समयमा उसले एक गोल फिर्ता गर्यो तर यसले खेलमा कुनै फरक पारेन ।
सन् १९९३ र १९९४ मा दुई पटक विश्वको उत्कृष्ट गोररक्षकको उपाधी जितेका र सन् १९९९ मा आफूले खेलिरहेको म्यानचेस्टर युनाइटेडको च्याम्पियन लिगको जितमा कप्तानी गरेका पिटरले फ्रान्सको जीतमा भने उ ‘योग्य’ रहेको बताए ।
‘यो मेरो व्यक्तिगत अवार्ड होः क्रोएसियाले जनताको अवार्ड जित्यो ।
आकार जतिसुकै सानो भए पनि ठूलो सफता हासिल गर्न सकिन्छ भनेर देखाएर उनीहरुले हामी सबैलाई प्रेरणा दिए,’ पिटरले भने ।
सन् १९५० को विश्वकपको फाइनलमा उरुग्वे पुगे यता फाइनल पुग्ने क्रोएसिया सबैभन्दा सानो देश हो ।
तर पछिल्लो समय यो सानो देशले फुटबलमा एकसे एक प्रतिभालाई जन्माएको छ ।
टिमलाई फाइनलसम्म पुर्याउन प्रेरणादायी भूमिका खेलेका यसका मिडफिल्डर लुका मोद्रिकले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउने गोल्डेन बल पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी