शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत

सोमबार, ३२ असार २०७५, १६ : ४८
सोमबार, ३२ असार २०७५

काठमाडौं–सरकारले लिएको हरेक नेपालीको बैंक खाता पुर्याउँने योजनालाई कार्यान्वयन गर्न साउन एक गतेदेखि नै बैक खातामा पारिश्रमिक पठाउनुपर्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन एक गतेदेखि  श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । 

जसअन्र्तगत नेपाल सरकार, विभिन्न संस्थान, स्थानीय तह, परियोजना प्रतिष्ठान लगायतका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने भएको हो ।

यसलाई असोज मसान्तसम्म अनिवार्य गर्नुपर्नेछ । 

यता बैंक, बिमा, होटल, एयरलाइन्स, ट्राभल एजेन्सी,  ट्रस्ट, कम्पनी, गुठी   लगायतले  कर्मचारीको परिश्रमीकका लागि बैंक खाता अनिवार्य गर्नुपर्नेछ ।

कुनै स्थानीय तहमा वित्तिय संस्था स्थापना भएको छैन भने त्यस्तो स्थानमा बैंक तथा वित्तिय  संस्था स्थापना भएको तीन महिना भित्र अनिवार्य बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । 

आकस्मिक र आंशिक रोजगारीका लागि भने भुक्तानी चेक मार्फत गर्न सकिने व्यवस्था श्रम मन्त्रालयले गरेको छ । 

 सरकारले चालु आर्थिक वर्षमा सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउँने लक्ष्य लिएको थियो ।

तर, हालसम्म ५ सय ५६ स्थानीय तहमा मात्र बाणिज्य बैंकको शाखा पुगेको छ ।

आगामी आर्थिक वर्षको बजेटले सबै नेपालीको बैंक खाता बनाउने लक्ष्य लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप