शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालककाे हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै घण्टाघरमा प्रदर्शन

सोमबार, ३२ असार २०७५, १७ : २०
सोमबार, ३२ असार २०७५

वीरगन्ज–बहुदरमाई नगरपालिका वैरियाका बालकको हत्या आरोपी पत्ता लगाएर कारवाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीहरुले सोमबार घण्टाघरमा प्रदर्शन गरेका छन् । 

प्रहरीले हत्याको घटनालाई गम्भीर रूपमा नलिएको भन्दै बालकका आफन्तले घण्टाघरमा आज दिउँसो एक घण्टा चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । 
 
 पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ बैरीया पिपरामा हिजो बिहान साढे आठ बजेतिर खाना खाएर खेल्न घरबाट बिहान निस्किएका स्थानीय शीवजी साहका छोरा ६ वर्षिय आयुब साह, दिउसो घरबाट तीन सय मिटर उत्तर रहेको  पोखरीमा मृत अवस्थामा फेला परेका थिए । यसअघि पनि गत मंसिर १६ गते , हिजो मृत  भेटिएका बालकको ठूलो बुबा सन्जय साहका १० वर्षिय छोरा सुमित कुमारको पनि हत्या भएको थियो । 
हत्यामा संलग्नलाइ प्रहरीले अहिले सम्म पनि पक्राउ गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप