शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

सोमबार, ३२ असार २०७५, १७ : २१
सोमबार, ३२ असार २०७५

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । 

दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पुर्याउने जानकारी दिए । 

उनले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तयार रहेको बताउँदै कृषि क्षेत्रलाई उच्च मूल्य शृृंखला उत्पादनतर्फ केन्द्रीत गर्दै कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सल्लाह दिए । 

विश्व बैंकले पशुपक्षी क्षेत्रको सम्भावित नयाँ क्षेत्र, खाद्य तथा पोषण सुरक्षा र रानी–जमरा क्लोरिया सिँचाइ आयोजनामा सहयोग गरेको छ । 

भेटवार्तामा मन्त्री खनालले विश्व बैंकको सहयोगको प्रशंसा गर्नु हुँदै कृषिलाई नयाँ ढाँचामा परिवर्तन गर्न लाग्दा आम जनताको सकारात्मक धारणा बन्दै गएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप